गाडि सुबिदा नलिइ एम्बुलेन्स खरिद गरर्ने बजेट दिइन -उपप्रमुख(बसन्ती तामाङ

माघ ७- संघिय सरकार आएपछि नेता , मन्त्रीदेखि जनप्रतिनिधीसम्म बिलासी बनेर राष्ट्रको ढुकुटीको दुरुपयोग भईरहेको भन्दै आलोचना र बिवाद भईरहेको बेला दक्षिणकाली नगरपालिकाकी उपप्रमुखले भने राज्यले दिएको सुविधा लिन अस्वीकार गरेकीछिन् । उपप्रमुख बसन्ती तामाङले सुविधा बापत पाएको सवारी नलिने घोषणा गरेकी हुन् ।

उनले सवारी सुविधाका लागि पाएको ३० लाख शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताइन्। उनले कृषि प्राविधिक विद्यालय सञ्चालन गर्न बजेट अपुग भएपछि विद्यालय निर्माणमा सो रकम खर्च गर्न लागेको उनको भनाई छ । गाडी पछि चढ्दै गरौँला भन्ने सोच बनाएकी उनले भनिन् “गाउँको बिरामी एम्बुलेन्सका कारण ज्यान गुमाइरहेका बेला गाडी चढ्न भन्दा भएको पाँच लाख एम्बुलेन्स किन्न दिँदा राम्रो होला भनेर त्यता दिएँ।”

सो बजेटबाट २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु माध्यमिक विद्यालयलाई कृषि प्राविधिक विद्यालय संचालन गर्न दिइएको छ भने बाँकी रहेको पाँच लाख एम्बुलेन्स खरिदका सोचन्द भैरव परिवारलाई दिने उनले घोषणा गरेकी हुन् ।kalikanews.com