सिजा गाउँपालिकाको बिकास तिब्रगतिमा भइरहेको छ – गाउपालिका अध्यक्ष देबलसिहं रावल ।

सिजा गाउँपालिकाको बिकास तिब्रगतिमा भइरहेको सिजा गाउँपालिका अध्यक्ष देबलसिहं रावले बताउनु भएको छ । स्मार्टकर्णालि न्युज ले कर्णालि प्रदेशको राजधानि बिरेन्द्रनगर सुदर्खेमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रावले यो लोकतन्त्रमा मान्छेकोत कुरा छोडौ गाइगरु पनि रुन दिनुहुन्न भन्दै आफु पनि लोकतन्त्र कार्यनवयनकालागी जनताले दिएको बलिदानको कदर गर्दे गाउँपालिकामा जनमुखि बिकासमा जुटेको बताउनु भयो । सिजा भनेको नेपालि खस भाषाको उद्यगम थलो भएकाले अब गाउँपालिकाका साम्ुदायिक बिद्यालयमा खसभाषाको पाठ्यक्रम निमार्ण गरि कक्षा संञ्चान गर्ने तयारी भइरहेको बताउनु भयो । सिजा गाउंपालिका पर्यटनको एक थलोभएकाले यस गाउँपालिका लाई पर्यटन पुर्बधार बिकास गरि जनताको जिबनस्थरमा परिब्रर्तन ल्याउने अभियानमा लागेको बताउनु भयो ।

साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष रावले कर्णालि राजमार्ग अन्तरग सुर्खेत देखि कालिकोट हुदै जुम्ला सिजा जोड्दै मुगुराराताल सम्म जाने सडकबाटो तत्काल मर्मत गरि कर्णाली प्रदेश सरकारले टुलेन बाटो निमार्णग गर्ने अनुरोध ग्रनु भएको छ । प्रदेश सरकारले बिनियोजन गरेको बजेट गाउँपालिकाको समन्वयबिना कार्यनवयन ल्याउन राम्रो नभएको बताउनु भयो ।