प्रदेशका मन्त्री बिकासिय नेता बन्नकालागी स्थानिय तहलाई नजर अन्धाज गर्देछन – अध्यक्ष के.सि

                    जनमैत्रि बिकासमा योजना बद्ध जुटेका छौ -अध्यक्ष केसि
प्रदेश सरकारले स्थानिय तह संग समनवय नगरेर प्रदेशका मन्त्री बिकासिय नेता बन्नकालागी पकेट योजना बनाएर अगाडि बढ्न खोज्नु राम्रो नहुने कालिमाटि गाउँपालिका अध्यक्ष दान बहादुर केसिले बताउनु भएको छ । काम सबै स्थानिय लाई दिने अधिकार आफुले लिएर स्थानिय तहलाई नजर अन्धाज गरिएको बताउनु भयो । यता सबिधानले ब्यबस्था गरे बोमोजिम स्थानिय तहका अधिकार लाई केन्द्र सरकारले कटौति गर्ने योजनामा लागेको आरोप लगाउदै स्थानिय तहलाई पुरानै स्थानिय निकाय बनाउने सडेयन्त्रमा लागेको बताउनु भयो । केन्द्र सरकाले नत कर्मचारी पदपुर्ति गर्ने सकेको छ नत स्थानिय तहलाई जिम्मा दिएको छ । अहिले कर्मचारीको समस्या हुदा २ वटा कर्मचारी ले ७ वटा वडाको काम गर्ने बाध्य भइरहेका छौ ।

कालिमाटि गाउँपालिकामा सकडलाई पहिलो प्राथमिक्तmा दिएको कालिमाटि गाउँपालिका अधयक्ष दान बहादुर बहादुर के.सि बताउनु भयो स्मार्टकर्णाली न्युजले कर्णाली प्रदेशको राजधानि बिरेन्द्र नगरमा गरेको साक्षात्कार कार्यक्रममा बाल्दै अध्यक्ष के.सि ले पुर्बधार बिकासका लागी सबैभन्दा पहिला सडक आबश्यतmा पर्ने भएकाले अहिले सडकलाई पहिलो प्राथमिक्तmा दिएको बताउदै कालिमाटि गाउँपालिकाको समृद्धिको आधार भनेकै कृर्षि,पर्यटन,पसुपालन भएकाले अहिले सबै कार्यक्रम तिर्ब गतिमा गतिमा अगाडि भढेको बताउनु भयो ।

             आफु निर्बाचि भइसके पछि गाउँपालिकामा कृषि क्षेत्रमा एक गाउँ एक उत्पादन कार्यक्रम सुरु,एक घर एक रोजगार कार्यक्रम सुरु, पशुपन्छीमा अनुदानको व्यवस्था,वर्षमा एकपटक विशेषज्ञबाट निःशुल्क स्वास्थ्य शिवीर सञ्चालन ,गाउँपालिकाका ६ वटा स्थानमा गाउँघर क्लिनीक सञ्चालन ,विभिन्न विद्यालयहरुका भौतिक संरचनाहरु निर्माण ,एक स्थानमा लिफ्ट प्रविधिबाट खानेपानी सञ्चालन,ठाउँमा सिंचाईका लागि सञ्चालनमा,एक वडा एक खेलमैदान निर्माण,गाउँपालिका स्तरको खेलमैदान निर्माण, पर्यटनको क्षेत्रा पूर्वाधारका कामहरु निर्माण,जडीबुटी खेती प्रवर्धन, फलफुल बगैंचा कार्यक्रम, माछापालन कार्यक्रम,विशेष रुपमा अगाडी बढाएको ,विभिन्न संसंस्थाहरुलाई समनवय गरी विभिन्न तालिम र जनचेतनामुलक कार्यक्रमहरु संञ्चालन गदै आएको बताउनु भयो ।

आफ्नो कार्यकाल भित्र गाउंपालिकामा निम्न योजना सम्पन्न गर्ने लक्षय लिएको बताउनु भयो ।

१) गाउँपालिकाका सबै वडामा विजुली र मोटरबाटो पु¥याउने र उज्यालो गाउँपालिका घोषणा गर्ने
२) घरघर धारा अभियान शुरु गरी कार्यान्वयन गर्ने ।।
३) सन २०२१ म पूर्ण सरसफाईयुक्त स्वच्छ गाउँपालिका घोषणा गर्ने ।।
४) पर्यटन प्रवर्धनका लागि विशेष गुरुयोजना बनाई आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने विशेष कार्यक्रम ।।
५) पार्वतीको बाँया करङ पदन भएको ठाउँ दक्षीण सल्यानको वडा नं. १ देउराली कोटी मन्दिरलाई विशेष कार्यक्रम ल्याउने ।।
५) कालिमाटी गाउँपालिकामा क्याम्पस स्थापनागर्ने ।।