वीपीका सपना पुरा गर्ने सुरसार गर्न कांग्रेसलाई सुझाव -नगिन्द्र शाही

नेपाली कांग्रेस नेपालको सन्दर्भमा सबै भन्दा पुरानो पार्टी हो । यो पार्टी नेपालमा सम्पन्न आन्दोलनहरूको साक्षी मात्रै होइन सम्पूर्र्ण क्रान्तिमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । विस २००४ सालमा स्थापना भएको पार्टी विस २००८ सालदेखि लगातार कहिले सडकमा छ भने कहिले सत्तामा ।

प्रजातन्त्रका निम्ति, राजनीतिक स्वतन्त्रताका निम्ति विस २००७ भन्दा अघिदेखि अनवरत संघर्ष गर्दै आइरहेको छ । नेपाली राजनीतिमा आर्दश पुरुषको रुपमा स्थापित व्यक्तित्व स्वर्गीय वीपि कोइराला, प्रजातन्त्रका लागि जहाँनिया राणा साशनविरुद्ध लडेका लौह पुरुष गणेशमान सिंह र सन्त नेता कृष्ण प्र.भट्टराईले नेतृत्व गरेको पार्टी नेपाली कांग्रेस हो ।

नेपालको राजनीतिक इतिहासमा विस २०१५ सालको पहिलो आम निर्वाचनमा दुई तिहाई बहुमतको सरकारदेखि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल विस. २०७२ सम्म यस पार्टीले वीपि कोइराला हँुदै सुशिल कोइराला सम्म दर्जनौं भन्दा बढी पटक नेपालको सत्ता सञ्चालन गर्ने अवसरहरू प्रात्त गरेको छ ।

]

यो पार्टी नेपालको पुरानो र प्रजातान्त्रिक समाजवादी आर्दश बोकेको भनि परिचित छ । विस. २०४६ सालको परिर्वतपछि नेपाली जनताले सबैभन्दा धेरै माया गरी विस. २०४८ सालको आम निवार्चमा कुल २०५ सिट मध्ये ११० सिट प्राप्त गरी स्पष्ट बहुमतको सरकार संचालनका निम्ति अवसर पाएको नेपाली कांग्रेसले नै थियो ।

२००६ सालमा जारी गरेको घोषणापत्रमा लेखेको छ– कांग्रेस राजनीतिक सुधार गरेर मात्र सन्तुष्ट हुने छैन । आर्थिक सुधार गरेर जनताको आर्थिक उन्नति पनि गर्ने छ । बिडम्वना, जब कांग्रेसले सत्ता संचालन गर्ने अवसरहरू पायो त्यतिखेर कहिल्यै वीपीले देखेको सपना पुरा गर्ने सुरसारमा लागेन ।

एक हल गोरु, एक गाई र एक बारी सबै जनताको घरमा हुनु नै नेपालको सन्र्दभमा सुहाउने समाजवाद हुने वीपीले भनेका थिए । वीपी जीवनभर नेपालमा प्रजातान्त्रिक समाजवाद ल्याउन संघर्षरत रहे साथै उन्नतीका लागि नेपाली कांग्रेसलाई राष्ट्रिय मेलमिलापको नीतिअनुसार अगाडी बढाउन चाहन्थे ।

वर्तमान कांग्रेस

२०४८ सालको आम चुनावपछि जब नेपाली कांग्रेसले सत्ताको भर्याङ चढने अवसरहरू प्राप्त गर्यो अनि कांग्रेसले वीपीका आर्दश, मुल्यमान्यता सबै विर्सियो । नेपाली जनताले कंग्रेसलाई सत्ताको माली हुने थुप्रै अवसरहरू दिए तर नेपाली कांग्रेसले सत्ताको बगैंचालाई नेता विशेषको सिंगारपटारमा खर्चियो । परिणाम देश, समाज र राजनीतिक संस्कारको भाव बोकेका नेता गणेशमान जस्ता क्रान्तिकारी पात्रहरू जिउँदै सहिद हुन पुगे ।

२०५२ सालमा नेपालमा जनयुद्ध हुने परिस्थितीको सुरुआत भयो । अर्को तिर समग्र नेपालको राजनीतिमा अस्थिरता र अन्यौलताको सुत्रपात भयो । आर्थिक उदारीकरणको नाममा राष्ट्रिय पूँजी भ्रष्टिकरणको दिशामा धकेलियो

सत्ता र शक्तिको आडम्बरका कारण २०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले आफ्नै नेतृत्वको सरकार भंग गरी मध्यावधि निर्वाचन घोषणा गरे । त्योसँगै पहिलो संसद परम धाम भयो । देशका जनताले पत्याएको पार्टी नै सत्ता र शक्तिको लालसामा आफ्नै पार्टीको सरकार गिराउन आफ्नै सांसद खरिद विक्रि गर्ने जस्ता गैराजनीतिक खेलमा लाग्दा २०५३ फागुन २३ गते संसदमा स्वयम् नेपाली कांग्रेसका संसद उपस्थित नहुँदा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिन सकेनन् र सरकार ढल्यो ।

देशको पुरानो र जनमतको हिसाबले पहिलो पार्टी नेपाली कांग्रेसका अर्कमण्र्यताका कारण २०५२ सालमा नेपालमा जनयुद्ध हुने परिस्थितीको सुरुआत भयो । अर्को तिर समग्र नेपालको राजनीतिमा अस्थिरता र अन्यौलताको सुत्रपात भयो । आर्थिक उदारीकरणको नाममा राष्ट्रिय पूँजी भ्रष्टिकरणको दिशामा धकेलियो ।

बजारलाई साँडे र राज्यलाई निर्धो, निमुखा बनायो । सन् १९९० पछि सोभियत संघको विगठन र विश्व कम्युनिस्ट आन्दोलनमा आएको टुट फुट र विभाजनले नेपालको कम्युनिस्ट आन्दोलनमा परेको प्रभावको भरपुर फाइदा नेपालमा कांग्रेसले उठाउँदै सत्ताको दोहन गर्यो । सत्ता, शक्तिको लोभमा २०५६ सालमा आफ्नै पार्टीका नेता कृष्णप्रसाद भट्टराईको सरकार समेत ढाल्न पछि नपरेको नेपाली कांग्रेस नेपालमा सत्ताको प्रायःको रुपमा चिनिन्छ । २०४६ सालको परिवर्तन पछि धेरै पटक सत्तामा छ भने अहिले सम्म प्रतिपक्षको भुमिकामा छ ।

जिम्मेवारी, भुमिकाको हिसावले संसदभित्र सँधै जिम्मेवार भुमिकामा रहँदै आएको पार्टीका पछिल्ला गतिविधहरू हेर्दा विद्रोही पार्टीले गर्ने जस्ता क्रियाकलापमा तल्लीन छ । लोकतन्त्र, मानवअधिकार, आवधिक निर्वाचन र विधिको साशन व्यवस्थाका कुरा गरी नथाक्ने पार्टी निकट विगतको निवार्च परिणामलाई स्वीकार्न सकीराखेको छैन ।

लोकतन्त्रको प्राण भनेकै आवधिक निर्वाचन बहुमतको साशसन र अल्पमतको जिम्मेवार प्रतिपक्ष नै हो तर कंग्रेस निवार्चन प्रक्रियाको विरुद्धआफ्ना जन संगठनहरूलाई परिचालन गर्दै छ । आम नागरीकको दैनिक जीवनमा सहजता ल्याउन सरकारले गरेका सबै काम अधिनायकवादतिर गएको देख्ने लत हिजोआज कांग्रेसमा देखिएको छ । इतिहाससहितको जिम्मेवार भुमिकामा रहेको पार्टीले विनाकारण संसद, सडकमा युद्ध कै झल्को दिने गरी गरेका गतिविधि स्वयम पार्टीको हितमा छैनन् ।

त्यस्तै पछिल्लो समयमा देशको एक महत्पूर्ण पार्टीमा देखिएको व्यवाहारिक अपरिपक्वता ा र सैद्धान्तिक विचलनले आम नागरिकमा निराशा छाएको छ ।

अन्त्यमा
नेपाली कांग्रेस नेपालको राजनीतिक परिवर्तनको यात्रामा निर्णायक भुमिका निर्वाह गरेको पार्टी हो । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई स्थायी र दिगो राख्न र खुसी नेपाली, समृद्ध नेपालको महाअभियानलाई सफल पार्न कांग्रेसको भुमिका पनि सहयोगी नै रहनु पर्दछ । धेरै समयको अन्तरालपछि नेपाली जनतामा विकासको भोक जागेको छ त्यस्तै राजनीतिप्रति विश्वास नेताहरू जनताहरूको आश जागेको छ । देश अस्थिर राजनीतिबाट स्थिर राजनीतितिर प्रवेशको शुरुवाति चरणमा छ ।

देशको संरचनामा भएको विकासको स्थायीत्व सभ्य राजनीतिक संस्कारले मात्र पुर्ति गर्न सक्छ । त्यसैले सरकारले गरेका विकास निमार्णमा प्रतिपक्षले राजनीतिक संस्कार देखाउन सक्नुपर्छ । यतिबेला नेपाली कांग्रेस सशक्त प्रतिपक्षको कुर्सीमा छ, जनताले जसरी सत्ता पक्षका कामलाई हेरेका छन् त्यही नजरले प्रतिपक्षका व्यवहारहरू पनि हेरिरहेका छन् । २०७५ कार्तिक १५ गते  dainiknepal.com