कर्णाली प्रदेशका मुख्यमन्त्री द्वारा शोक व्यक्त

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हेलिकोप्टर दुर्घटनामा सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीकोे निधन भएकामा गहिरो दुःख प्रकट गरेका छन् ।मुख्यमन्त्री शाहीले बुधबार साँझ शोक वक्तव्य जारी गर्दै बुधबार अपराह्न ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री अधिकारीसहित सातै जनाप्रति हार्दिक श्रद्धाञ्जलि एवं शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।जारी शोक वक्तव्य भनिएको छ, “यो अकल्पनीय, अप्रत्यासित र दुखद् घटनाबाट एकातिर जनताप्रति समर्पित योग्य जननेता गुमाउँदा मुलुकलाई अपूरणीय क्षति पुगेको छ भने अर्को्तिर निजी क्षेत्रबाट मुलुकको विकासमा समर्पित उद्यमी, राष्ट्रसेवक कर्मचारी तथा हेलिकोप्टर चालकलाई गुमाउनुपरेको छ ।”विद्यार्थी आन्दोलनदेखि नै प्रष्ट, अध्ययनशील र दूरदृष्टि राख्ने नेताका रुपमा लोकप्रियता हासिल गर्दै आफूलाई एक अब्बल राजनीतिकर्मीका रुपमा स्थापित गरिसक्नुभएका मन्त्री अधिकारीसहित पर्यटन उद्यमी यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, चालक प्रभाकर केसी र नेपाली सेनाका जमदार अर्जुन घिमिरेले देश विकासमा गरेका योगदान मुलुकका लागि सदा स्मरणीय रहने शोक वक्तव्यमा उल्लेख गरिएको छ ।