शान्नीत्रिर्बेणी गाउँपालीका सडक संञ्जालमा जोडियो स्थानिय खुसी

 कालिकोट जिल्लाको शान्नित्रिवेणी गाँउपालिकाको वडा नं ३ बायक अरु सबै वडा सडक संन्जालमा जोडिएका छन ।  शान्नि त्रिर्बेणी गाउँपालीकाको केन्द्र मेहलमुडि समम यातायात सेवा सुचारु भए पछि  पहिलो पटक गाडी पुगेको स्थानियले खुसीयाली मनाएका छन् । बर्षौ देखी यातायात सेवा  नहुा पिठुमा भार िबोकि रहेका शान्नित्रिवेणी गाँउपालिका स्थानिय नागरिकहरु गाँउमा पहिलो पटक गाडी आएपछि खुसीयाली मनाएका हुन् । कर्णाली करिडोर अन्तरगत शान्निगाड ९ किलोमिटर गाँउपालिकासम्म सडक निर्माण गरी पहिलो पटक गाडी गुड्दा भव्यरुपमा कार्यक्रम नै आयोजना गरी स्थानीयले खुसी ब्यतm गरेका  छन ।

शान्नित्रिवेणी गाँउपालिका अध्यक्ष डम्बरबहादुर शाहीको अध्यक्षता तथा कालिकोट प्रदेश  निर्वाचान क्षेत्र नं ख बाट निर्बाचित सांसद कुर्मराज शाहीको प्रमूख आतिथ्यतामा भव्य रुपमा कार्यक्रम आयोजना गरिएको थियो । सांसद शाहीले पहिलो पटक गाँउपालिकासम्मको यातायात सेवा औपचारीक रुपमा उद्घाटन गर्नुभएको हो । गाँउपालिकाको २ करोड ४२ लाख बजेटमा ९ किलोमिटर सडक निर्माण गरि पहिलो पटक गाँउपालिकामा गाडी पुगाईएको शान्नित्रिवेणी गाँउपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार गाँउपालिकाले सुरुवातको बर्षदेखी नै सडक निर्माणलाई उच्च प्राथमिक्ता दिएको बताउनुभयो ।

कार्यक्रममा प्रमूख अतिथि सांसद शाहीले अबको समय विकास र समृद्धिको भएकाले स्थानिय सरकारले गरेका विकास निर्माणका सफलताहरुले नागरिकहरुले गाँउमा सरकार आएको महसुस भएको बताउनुभयो । उहाँले विकासका लागि पहिलेको जस्तो सिंह दरबार काठमाण्डौ पुग्न पर्ने समस्याको अन्त्य भएको बताउदै यसमा नागरिकहरुले उत्साहित हुनुपर्ने बताउनुभयो । गाँउमा पहिलो पटक गाडी पुगेको अवसरमा बिभिन्न सांस्कृति प्रस्तुतिहरु समेत देखाएका थिए । कर्णाली प्रदेश सरकारको मुख्य मन्त्री महेन्द्र शाही काममा ब्यस्त रहनु पर्ने भए पछि आफु सडक उदघाटन गर्न पुगेको भन्दै सांसद शाहीले अब स्थानीय निकायको बिकास संग प्रेश सरकारले पनि साजेदारका रुपमा काम गर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपाका नेता जनकनाथ योगी, नेपाली कांग्रेसका युवा नेता दमन शाही  जिल्ला बारका अध्यक्ष दमनराज बम, राप्रपा नेपालका अध्यक्ष धनबहादुर बटाला, वडा नं ४ का अध्यक्ष हिमाल धामी लगायतका सरोकारवालाहरुले कालिकोटका स्थानिय सरकारहरुले गरेको विकास निर्माणको गतिले जिल्लाको भविश्य निर्माण हुने भन्दै  निर्वाचित भएको दुइ वर्षमै निर्वाचन ताका गरिएको घोषणा बमोजिम निर्वाचित भएको दुइ वर्षमा सबै वडामा सडक पुग्नु प्रशंसनिय  रहेको बताएका छन् । उनीहरुले जनताका जनजीविकाका सवालहरुमा जनताको नजिकको सरकारका स्थानीय सरकार रहेकाले यसलाई सबैले सहयोग गर्नु पर्ने बताएका थिए ।

जनताको बिकासमा स्थानीय सरकार नै बढी सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । सडक उद्घाटन कार्यक्रममा सडक निमार्णका क्रममा  निर्बिवाद जंग्गा दिने २ सय बढी  जंग्गा धनि, सडक निमार्ण उपभोतmा समिति र बिवाद समाधान समितिलाई  गाउँपालीकाले सम्मान गरेको छ ।   radiopradeshaawaj.org.np बाट यो समचार साभार गरिएको हो ।