ताेकिएकै समयमा स्ववियु निर्वाचनका लागि हस्ताक्षर संकलन

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तोकिएकै समयमा स्ववियुको निर्वाचन गराउन दबाब दिने उद्देश्यले हस्ताक्षर संकलन अभियान शुरु भएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले सोमबार मप विश्वविद्यालय केन्द्रीय क्याम्पसको मुल गेटमा स्ववियु निर्वाचनका लागि तोकिएकै मितिमा निर्वाचन गराउन दबाब दिने उद्देश्य अनुरुप हस्ताक्षर संकलन गरेका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला संयोजक जगत ढकालका अनुसार विश्वविद्यालयले स्ववियुका लागि अहिलेसम्म पनि कुनै कार्य तालिका सार्वजनिक नगरेकाले दबाब स्वरुप हस्ताक्षर संकलन गर्नुपरेको बताउनुभयो । विश्वविद्यालयले यस अघि नै चैत्र २५ गते स्ववियुको निर्वाचनका लागि मिति तय गरिसकेको थियो ।