रेडियाे पलाँता सञ्चालन

कालिकोट जिल्लाको पलाँता गाउँपालिकाले आफ्नै स्वामित्वमा एफ. एम. रेडियो सञ्चालनमा ल्याएको छ । रेडियो पलाता आवाज ९०.३ मेगाहर्ज नामको उक्त रेडियोको स्टुडियोमा एक कार्यक्रमको आयोजना गरी सोमबार दिउसोबाट परिक्षण प्रशारण सुरु पनि गरिएको छ।

कुनै पनि संचारमाध्यमका साधनहरुले उपयुक्त र प्रभावकारी संचार सेवा प्रवाह गर्न नसकेपछी पलाँतामा गाउँपालिकाले आफ्नै लगानी र व्यवस्थापनमा ओके टोके सेट र एफ. एम. रेडियो संचालन ल्याईएको सोही गाउँपालिकाका का अध्यक्ष लक्ष्मण बमले बताए । गाउँपालिकाले नागरिकको सूचनाको अधिकार प्राप्त गर्न संचारमा लगानी गरेको अध्यक्ष बमको भनाइ छ ।

परिक्षण प्रशारण सुरु भएपछि स्थानीय रेडियो सुन्दै खुशी साँटासाट गरिरहेको रेडियोका स्टेसन म्यानेजर सुमन बमले बताएका छन ।

उक्त रेडियो कालिकोट र कालिकोट आसपासका जिल्लाहरु, दैलेख, बाजुरा, जुम्ला, र मुगुका केही स्थानीय तहमा पनि सुनिने बताइएको छ । साथै यसखाले अधिकार स्थानिय तहलाई भएपछि कालिकोटमा एफएम रेडियो संचालन गर्ने स्थानिय तह कालिकोटमा पहिलो बनेको छ।