कांग्रेस जागरण अभियानमा ब्यस्त

जेठ ३, कालीकोट ।

नेपाली कांग्रेसको केन्द्रिय कार्यक्रम अनुसार कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा कांग्रेस जागरण अभियानले तिब्रता लिएको छ । टोलटोल र वडावडामा पुगेर भेटघाट, छलफल, अन्तरक्रिया सञ्चालन गरि जागरण अभियान सञ्चालन गर्ने क्रम जारी रहेको छ ।

कांग्रेसले देश नेकपाको दुई तिहाई नजिक भएकाबेला तिनवटै सरकारबाट भइरहेका गलत कार्यहरुको बिरोध गर्दै संगठन बिस्तार गर्न जागरण अभियान सञ्चालन गरेको हो । जागरण अभियानका क्रममा बुद्धिजिबि, कर्मचारी, नागरिक समाजहरु सँग बर्तमान सरकारले गरिरहेका बिकृतिहरुका बारेमा छलफल गर्दै पार्टी संगठनको बिस्तारमा जागरण अभियान कोशेढुंगा साबित हुने कांग्रेसले दाबी गरेको छ ।

जागरण अभियानका संयोजक, जिल्ला पार्टी सहसचिव दमन शाही, नेता आनन्दकुमार शाही, रास्कोट कांग्रेस संयोजक वीर फर्साल, सह संयोजक धनबिर रोकाया, अज महतारा सहितको टोली नगरपालिकाका बिभिन्न टोल र ओडामा पुगि कांग्रेस र कांग्रेस शुभ चिन्तकहरुसँग छलफलमा ब्यस्त रहेको जनाइएको छ ।

संगठनलाई मजबुत बनाउँदै कार्यकर्तालाई परिचालन गर्दै कांग्रेसको बीचमा सम्बन्ध समुधर बनाउने, बर्तमान सरकारले गरेका जनबिरोधी कामको भणडाफोर गर्दै नागरिकको पक्षमा काम गर्न बाध्य पार्ने सचेत गराउँदा जनप्रतिनिधिहरुले अटेर गरे कानुनी र राजनीति संघर्ष गर्ने पनि अभियानको उद्येष्य रहेको कांग्रेसले जनाएको छ ।