अहिले सरकारलाई सहयोग गर्ने बेला होः युवा नेता खेमबहादुर सिंह

अहिले सरकारलाई सहयोग गर्ने बेला होः खेमबहादुर सिंह
१२ पुस ,सुर्खेत । युवा नेता तथा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले अहिलेको अवस्था सरकारको आलोचना नगरेर सकरात्मक सुझाव सहित सरकारलाई सहयोग गर्न सबैलाई आव्हान गर्नु भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कालीकोट सुर्खेत सेवा समाजले आयोजना गरेको युवा कचहरी कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख स्वकिय सचिव सिंहले यस्तो बताउनु भएको हो ।

अहिले नै सरकारले गरेका कामहरुलाइ राम्रो र नराम्रो भनेर टिका टिप्पणी गर्ने बेला नभएको दाबी गर्नुका साथै सरकारले गरेका प्रयासहरुलाइ सबैले उपलब्धीको रुपमा ग्रहण गर्दै सकरात्मक सुझाव र सल्लाहको खाचो रहेको जानकारी सिंहले बताउनुभयो ।

सरकार सफल हुने ,सरकार सफल भयो भने हामी सबै सफल हुने भएकाले सरकारले के गर्यो के गरेन भन्नु भन्दा पनी सबैले आ आफ्नो तह र तप्काबाट सहयोग गरे मात्र सबैको हित हुने सिंहको जिकिर थियो ।

कालीकोट स्थायी घर भइ सुर्खेतमा अध्ययनको लागी आएका युवाहरुको समुहले निर्माण गरेको कालीकोट सुर्खेत सेवा समाजले बिद्यार्थीका समस्याहरुको बारेमा र घर छोडेर बाहिर बसेर पढ्दाका समस्याका बारेमा अनी देशकाल परिस्थीती श्रृजना भएका समस्याका समाधान र यसका उपाएहरुका बारेमा कचहरीमा उपस्थीत सबैले आ आफ्नो धारणा राखेका थिए ।