जलवायु परिवर्तन अनुकुलनता पुरस्कार पेस नेपाललाई

जेठ १०, सुर्खेत ।
अन्तराष्ट्रिय अवार्डबाट नेपालको जुम्लामा दर्ता भएको साझेदारी सहयोग केन्द्र पेस नेपाल पुरस्कृत भएको छ । नेपालमा कार्यरत संस्थालाई Rewarding innovative climate change adaptation in Nepal अन्तगत UKaid/IMC Worldwide/IDS/CGED/ को आयोजनामा जलवायु परिवर्तन अनुकुलनमा काम गर्ने संस्था पेस नेपाललाई पुरुस्कार प्रदान गरिएको हो ।

सन् २०१७ को सेप्टेम्वरवाट सुरु भएको प्रतिष्पर्धा १५ जनवरी २०१९ मा सम्पन्न भएको थियो । नेपालका ४५ वटा संस्था प्रतिष्पर्धामा सहभागी भएकोमा पेस नेपाल जुम्लाले विपत जोखिम न्यूनिकरण पहलकदमी परियोजना जुम्ला र मुगु जिल्लामा कारीतास जर्मनी र नेपालको सहकार्यमा संचालन गरी उत्कृष्ठ काम गरेकोमा पुरस्कार प्रदान गरिएको हो । सञ्चालित परियोजनामा थप उत्प्रेणा जोगाउँदै थप व्यापकता लिदै यस कार्यक्रममा भाग लिएको संस्थाका अध्यक्ष किशोर न्यौपानेले बताउनु भयो ।

अध्यक्ष न्यौपानेका अनुसार पेस नेपालले साना साना कामहरु समुदायलाई उत्प्रेरीत गर्नु, स्थानीय सरकारलाई क्षमता अभिवृद्धिमा सहयोग गर्दै समुदायमा नमुना काम,  समुदायमा साना सिचाई कुलो,  खेर गएको पानी संकलन पोखरी,  तटबन्धन तथा पहिरो,  नदिकटान न्यूनिकरण, वृक्षारोपण, समुदाय परिचालन, तकारी खेती, च्याउ खेती, संकलन केन्द्र, विउ वैंक, रैथाने वालि संरक्षण, स्थानीय सिपको पुस्ताहस्तान्तरण जस्ता कार्यक्रमहरु संचालन गरी समुदायलाई नमूनागत काम गरेको थियो  ।

 

समुदायमा विपतवाट कसरी वच्ने र स्थानीय समुदायवाट कसरी अनुकुलन हुने भन्ने विषयमा व्यापकता ल्याउँदै एक नमुनागत रुपमा काम गर्दै आइरहेको पेस नेपालले यस्ता काम भविश्यमा निरन्ता दिदै जाने अध्यक्ष न्यौपानेले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

राम्रो कामलाई प्रभावकारी रुपमा विभिन्न आधारवाट आयोजकले पेस नेपाललाई दोस्रो स्थानको पुरस्कार सहित ७५ हजार व्रिटिस पाउण्ड सहित पुरस्कृत भएको हो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको सहकार्यमा समेत जुम्लामा जलवायु अनुकुलनका कार्यक्रम संचालन समेत भई रहेको छ ।