विस्फोटक पदार्थसहित विप्लवका इञ्‍चार्ज पक्राउ

सुर्खेत – प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका इञ्चार्ज विष्फोटक पदार्थसहित पक्राउ परेका छन्।

बुद्धिजीवी परिषद भेरी–कर्णाली एवम् कालिकोटमा विप्लव माओवादीले गठन गरेको जनसरकार प्रमुख धनराज शाही कालिकोटबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख विनोद शर्माका अनुसार सोमबार बिहान जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट पक्राउ गरिएको हो।

उनको साथबाट बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्डलगायतका सामग्री बरामत गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले कारबाही तीव्र पारेपछि जिल्ला सैन्य सह–इञ्चार्ज रमेश चँदारा सुनारले आत्मसमर्पण गरेको प्रहरी बताएको छ। उनलाई हरेक साताको शनिबार प्रहरीमा हाजिर हुने गरी जमानीमा छोडिएको प्रहरीले जनाएको छ। प्रहरीले केही दिनअघि कालिकोटबाटै विप्लव निकट जनपत्रकार संगठनका इञ्चार्ज कर्णबहादुर विश्वकर्मालाई प्रक्राउ गरिसकेको छ। nepalsamaya.com