लक्ष्मणबहादुर बम कालीकोट जिल्लाको पलाँता गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । पलाँती कान्छा को उपनामले चिनिने लक्ष्मणको स्व. वुवा ऐबान बम र आमा नौरतनदेवी बमको कोखबाट २०४३ साल श्राबण २४ गते साबिकको थ्रिपु गाविस ३, हालको पलाँता गाउँपालिका ९ मा जन्म भएको हो । २०६३ साल पुष १ गते गौरीकला बम सँग बैवाहिक सम्बन्धमा बाँधिनुभएका बमका १ छोरा र २ छोरी छन् । २०४८ सालमा सरस्वति माबि थ्रिपुबाट औपचारिक शिक्षा हाँसील गर्न सुरुवात गरेका बम तत्कालिन जनयुद्धमा होमीएका कारण करिब ३ बर्ष अध्ययनमा निरन्तरता नभएपनि २०६० सालमा एसएलसी र २०६३ सालमा प्लस टु सम्मको अध्ययन गर्नुभएको छ ।
२०६४ सालमा मेडेप फार्फत लघुउद्यम विकास कार्यक्रममा उद्यम विकास सहजकर्ताको रुपमा सहजीकरण, बिद्यार्थी संगठनमा रहँदा कालीकोट जिल्लामा अनिवार्य विद्यालय भर्ना अभियानको नेतृत्व, गुणस्तरीय शिक्षा लागु गर्न शिक्षक विद्यार्थी समन्वय कार्यक्रमको नेतृत्व तथा सहजिकरण, साबिकका गाविसहरुमा एक गाविस एक प्राविधिक शिक्षालय अभियान सञ्चालन गरी अधिकांस गाविसमा कार्यान्वयन गर्न सफल, जनप्रतिनिधी हुनुभन्दा पहिले पनि गाउँमा मदिरा निशेधका लागि विशेष अभियान चलाई न्यूनिकरण गर्न सफल, जातीय छुवाछुत, बहुबिबाह, वालविवाह सामाजिक विभेद विरुद्ध १३ वर्षे विशेष अभियान चलाई न्यूनिकरणमा विशेष भुमिका खेलेको र आगामि दिनहरुमा पनि समाजको हित हुने खालका अभियानमा निरन्तरता दिइरहने अध्यक्षको भनाई छ । नागरिकहरुका इच्छा र चाहानाहरुलाई बुझ्न र सम्बोधन गर्न नसक्ने मनहरुले आफ्नो जीवनमा पनि केही प्रगति गर्न नसक्ने बुझाई राखने अध्यक्ष बम नागरिकहरुको हित प्रति कटिबद्ध हुने कसम खाएको दिनलाई नबिर्सीने भनाई राख्नुहुन्छ ।
गाउँपालिकामा समान पहुँचका लागि स्वास्थ्य अभियान अन्तर्गत ६ वटा बर्थिङ्ग सेन्टर स्थापना, गाउँपालिकाका ६ वटा वडामा विद्युतीकरण, ३५ हजार फलफूलका विरुवाहरु बृक्षारोपण, १ सय ५० जनाको निर्माण कार्यदल गठन गरी रोजगारीको सिर्जना, तत्कालिन जनयुद्धमा घाइते भएका अपाङ्गहरुलाई स्वरोजगारका लागि पुस्तकालय, ईलेक्ट्रोनिक्स पसल, सुपथ मूल्य पसल, कृषि फर्म, कुखुरा पालन आदिका लागि १६ जनालाई उद्यमसिलतामा सम्लग्न, वन सुरक्षाका लागि ३८ जनालाई बन हेराला राखी बन घेरबार, बृक्षारोपण र विरुवाहरुमा सिंचाईं गरेर वन समितिबाट पारिश्रमिक पाउने व्यवस्था सहित रोजगारि, पलाँताका महिलाहरुलाई गरीवी न्यूनिकरणका लागि अधिकार र अवसर कार्यक्रम संचालन गरी २३ जनालाई रोजगारीको सिर्जनाका साथै महिला उद्यमसिलताका लागि कार्यक्रम सुचारु, ११ वटा सिंचाई आयोजना पक्कि नहर निर्माण सम्पन्न, ३ वटा वडा कार्यालयका भवन निर्माण, ९ वटा अंग्रेजी माध्यमबाट कक्षा संचालन, प्रत्येक माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना, एक बस्ती एक खानेपानी ट्याङ्कीको अवधारणा, १९ वटा ट्याङ्की निर्माण सम्पन्न, सहकरी मार्फत एक वडा एक सुपथ मूल्य पसल स्थापना गरि नागरिकहरुलाई सुख र शान्तिको महसुश गराउने दौरानमा खटिरहेका छन् अध्यक्ष बम ।
२ हजार, ७ सय घरधुरीमा ३ वर्षभित्र मिटरसहितको धारा निर्माण गर्ने, प्रत्येक घरमा विजुली बाल्ने, एक बस्ति एक सिंचाई पोखरी निर्माण गर्ने, सबै वडामा सडक पु¥याउने र स्तरोन्नती गर्ने तथा ३८ वटा वनहरुमा पूर्ण बृक्षारोपण गरि सुख्खा पलाँतालाई हराभरा बनाउने अध्यक्ष बमको योजना र लक्ष्य रहेको छ ।
पलाँता गाउँपालिकालाई सुविधा सम्पन्न बनाई ५ वर्ष पछि आउने अर्को सरकारले विकासका थप कामलाई स्तरोन्नती गरी अँझै वृहत बनाओस् भन्ने कामना सहित काम गरिरहेका अध्यक्ष बमका पीताको निधन भएको दिन नै अबिष्मरणिय क्षण हो भने समाज रुपान्तरणको अभियानमा अग्रसर रहँदै बाँकी जीवन बिताउने ब्यक्तिगत लक्ष बमले लिनुभएको छ ।
छुटाउनु पर्ने र जीवनको हानी गर्ने कुनै लत नभएका अध्यक्ष बमको रुचिमा विकास निर्माण नै प्राथमिकतामा पर्छ । हाल सम्म दुई पटक रक्तदान गरिसक्नु भएका अध्यक्ष बमले रचना गर्नुभएका समाज रुपान्तरणको अभियानलाई सहयोगी भूमिका खेल्ने गीतहरु पनि रेकर्ड भएका छन् । २ पटक रक्तदान गरी पुयण्को काममा पनि गाँसीएका बम नमूना पलाँता बनाउने अभियानमा कहिल्यै पछि नहट्नेमा बिस्वस्त छन् ।
राजनितिक यात्रा
२०५६ सालमा बिद्यार्थी राजनीतिको सुरुवात (तत्कालिन नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको ईकाई अध्यक्ष)
२०५८ सालमा गाविस मिलिसिया कमाण्डर,
२०५९ सालमा बिद्यार्थी संगठनको यरीया सदस्य र तत्कालिन नेकपा माओवादी पार्टी सदस्य,
२०६१ सालमा अखिल क्रान्तिकारीको जिल्ला सदस्य,
२०६५ सालमा तत्कालिन नेकपा माओवादी जिल्ला कमिटी सदस्य र अखिल क्रान्तिकारी जिल्ला सचिवालय सदस्य,
२०६७ सालमा विद्यार्थीको जिल्ला कमिटी अध्यक्ष र पार्टीको महाधिवेशन प्रतिनिधी,
२०६९ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी सदस्य र जिल्ला कमिटि अध्यक्ष,
२०७० सालमा अखिल क्रान्तिकारीको केन्द्रिय कमिटी सचिवालय सदस्य,
२०७४ सालको स्थानिय तहको निर्वाचनमा पलाँता गाउँपालिकाको अध्यक्षमा निर्वाचित ।
सफलताको बाटो ।
स्मार्ट कर्णाली । ६ श्रावण २०७६, सोमबार ०८:०३ बजे