समाज परिर्बतन सगै नमुना नगर बिकासको लक्ष्यमा नगर प्रमुख सिपि घर्ती ।

चन्द्रप्रकाश घर्ती (सिपी घर्ती) भेरी नगरपालिका जाजरकोटको नगर प्रमूख पदमा रहि कार्यसम्पादन गरिरहनु भएको छ । २०३८ साल श्राबण १५ गते वुवा श्यामबहादुर घर्ती र आमा कस्तकली घर्तीको कोखबाट साबिकको पुन्म गाविस ५, हालको भेरी नगरपालिका ६ मा घर्तीको जन्म भएको हो । २०७२ साल वैशाख ६ गते सुस्मा थापा मगरसँग बैवाहिक सम्बन्धमा गाँसीनु भएका नगर प्रमूख घर्तीकि एक छोरी छन् । २०४४ सालमा श्री लक्ष्मी प्राथमिक विद्यालयमा औपचारिक शिक्षा आर्जन गर्न भर्ना भएका घर्तीले भौतिक शास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर सम्मको उच्च शिक्षा हाँसील गर्नु भएको छ ।
जिल्लाको केन्द्रिकृत शासन प्रणाली हुँदा सार्वजनिक पद धारण नगरे पनि पार्टी कार्यकर्ताको हैसियतले समग्र जिल्लाको विकासका लागि सक्रिय हुँदै, जनप्रतिनिधि भईसकेपछि द्रुत गतिमा नगरका सम्पूर्ण विकास निर्माणका कामहरु अगाडी बढाई कार्यान्वयन, संविधानले परिपल्कना गरेको धार्मिक स्वतन्त्रताका निम्ति आफ्नो व्यक्तिगत हैसियतले पनि विशेष भुमिका निर्वाह गर्दै, समाजमा रहेको विकृति अन्त्यका निम्ति विभिन्न नेतृत्वदायी भुमिका खेलेका नगर प्रमूख प्रष्ट बक्ता मात्रै हुनुहुन्न समाजलाई हेर्ने दृष्टिकोण र ब्यबहारमा पनि भिन्नता देखाउनु हुँदैन । नगरपालिकाको प्रमूख भइसकेपछि प्रमूख घर्तीको अगुवाइमा नगरका सबै वडामा सडक सञ्जाल विस्तार गरी स्तरोन्नति गरिदै, सबै वडा कार्यालयमा कर्मचारी व्यवस्थापन, सम्पत्ति कर ऐन पारित गरी कार्यान्वन, केन्द्र सरकारसँगको सहकार्यमा नगरका सबै वडामा विद्युत विस्तार, खलंगा सहलगानी बृहत खानेपानी आयोजना सम्पन्न, तल्लोथाप्ले बसपार्क व्यवस्थापन, बृहत कुदु खानेपानी आयोजना सम्पन्न, २९ वटा ऐन तथा निर्देशिका पारित गरी राजपत्र निर्माण, नगरपालिकाको आफ्नै भवन निर्माण, विद्यालयको दरबन्दी र शिक्षक समायोजन, नगरका सबै १३ वटा सामुदायिक विद्यालयहरुको आधारभुत तहमा नमुना विद्यालय निर्माण गरी टकिङ् टिचर प्रणालीमा अध्यापन सुरु, सामुदमयिक विद्यालयहरुमा बृहत रुपमा अनुगमन कार्य गरी गुणस्तरीय शिक्षा लागु गर्ने बाताबरण सृजना, ७ सय ५३ स्थानीय तह मध्यकै पहिलो एमबिबिएस विद्यार्थीलाई सम्पूर्ण खर्च व्यवस्थापनको सुरुवात, प्रत्येक वर्ष प्रथम मेयर घुम्ति स्वास्थ्य शिविर सञ्चालन, ५ वटा स्वास्थ्यचौकीमा कर्मचारी व्यवस्थापन, औषधी व्यवस्थापन र सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह, महत्वपूर्ण ६ वटा विकासीय योजनाहरुको डिपिआर सम्पन्न गरेका प्रमूख घर्तीले आगामी कार्यकाल सफल बनाउनका लागि पनि बिशेष र दृघकालिन योजनाहरु तर्जुमा गरि त्यसका कार्यान्वयनमा ब्यस्त हुनुहुन्छ ।

छोटै समयमा विकासका केही नमूना काम गरेका नगरप्रमूख घर्तीले बाँकी कार्यकालमा भेरी नगरपालिकामा रहेको बडामालिका धार्मिक स्थलको मास्टर प्लान÷डिपिआर निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटकहरु भित्र्याउने, नगरलाई पुर्ण सरसफाई युक्त घोषणा गर्नका निम्ति वृहत अभियान संचालन गरी तीब्र गतीमा अगाडी बढाई पूर्ण सरसफाईयुक्त नगर घोषणा गर्ने, अव्यवस्थित बसोवासलाई निर्मम ढंगले सडक मापदण्ड र भवन आचारसंहिताको दायरामा ल्याउनका निम्नि विशेष योजना बनाई कार्यान्वयन गर्ने, भेरी नगरपालिकालाई वालवालिकामैत्री नगर घोषणा गर्ने, भेरी नगरपालिकाको वडा नं. ५, डाप्कामा प्रदेश स्तरीय अत्याधुनिक खेलकुद रंगशाला निर्माण लगायतका महत्वकांक्षी योजनाहरुको कार्यान्वयमा प्रमुख घर्तीको टिम लागिपरेकोछ ।


नागरिकहरुमा सकारात्मक सोचको विकास गर्ने लक्ष्य लिएका नगर प्रमूख घर्तीले जीवनको यो यात्रा सम्म आइपुग्दा दुईपटक सिंगापुर भ्रमण र लिक्वानको विकास मोडेललाई नियाल्ने अबसर नै अबिष्मरणिय क्षण बनेको छ । समाज परिवर्तन सँगै नमूना विकासको लक्ष्य लिएका प्रमूख घर्ती खेलकुद÷राजनीतिमा रुचि राख्नु हुन्छ भने ४ पटक सम्म रक्तदान गरि पुण्य कमाउनु भएको छ ।  चीन, भारत, भियतनाम, थाईल्याण्ड, मलेसिया, ईन्डोनेसिया, सिंगापुर, बंगलादेश, पोर्चुगल, स्पेन, फ्रान्स, नेदरल्याण्ड, स्वीजरल्याण्ड लगायतका देशको भ्रमण गरिसक्नु भएका प्रमूख घर्ती ‘भ्रष्ट्राचारलाई न्यूनिकरण गर्ने र चुस्त दुरुस्त कार्यशैलीको मिसन’ पुरा गर्ने अभियानको नेतृतव गरिरहनु भएको छ ।
राजनीतिक यात्रा 
२०५४ सालदेखि अमृत साइन्स क्याम्पस क्याम्पस कमिटिमा आबद्ध भई राजनीतिक यात्राको प्रारम्भ,
२०५७ सालमा अमृत साईन्स क्याम्पस स्ववियू सदस्य,
२०५८ सालमा क्याम्पस कमिटिको कोषाध्यक्ष,
२०५९ सालमा अनेरास्ववियू काठमाडौ जिल्ला कमिटि सदस्य, अनेरास्ववियू पोखरा राष्ट्रिय सम्मेलनबाट सदस्य, अनेरास्ववियू केन्द्रिय सदस्य, जनकपुरको राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिवालय सदस्य, अनेरास्ववियूको केन्द्रिय विदेश विभाग प्रमुख, उपत्यका विशेष विद्यार्थी पार्टी जिल्ला कमिटि सदस्य,
२०७१ साल मंसिर १५ गते भएको तत्कालिन नेकपा एमाले जाजरकोट जिल्ला पार्टी सचिव,
२०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भेरी नगरपालिका जाजरकोटको नगर प्रमुखमा निर्वाचित ।
  सफलताको बाटो ।