पारदर्शी र नैतिक आचरणयूक्त जीवन विताउन सिकाउँदै मन्त्री ज्वाला

प्रकाश ज्वाला कर्णाली प्रदेश सरकारका आर्थीक मामिला तथा योजना मन्त्री हुनुहुन्छ । विसं २०२३ साल मंसिर १२ गते आईतबार बुवा चन्द्रबहादुर साहु र आमा टिकादेवी साहुको कोखबाट देवस्थल गाविस ४ खहरेखोला सल्यानमा जन्मिएका मन्त्री ज्वाला हाल काठमाण्डौ महानगरपालिका १६ शुभकामना टोल बनस्थलीमा बसोबास गर्दै आउनु भएको छ । संगीन र सौगात बिसी दुई छोराका बुवा मन्त्री ज्वाला पत्नी सुशिलादेवी सुबेदीबाट बिछोडीनु भएको छ । एम.ए.(राजनीतिशास्त्र), बि.ए. (अंग्रेजी), बि.एल.÷अधिबक्ता सम्मकोउच्च शिक्षा हासिल गरेका मन्त्री ज्वाला राजनीति, समाजसेवा र लेखनमा रुचि राख्नु हुन्छ । जनकल्याण मावि काप्रीचौर सुर्खेतमा २०४४, त्रिभुवन जनता निमावि शंखपिपल च्युरामा २०४५–०४७ सम्म अध्यापन, त्रिभुवन जनता निमावि शंखपिपल च्युरालाई माध्यामिक तहमा स्थापित, त्रिभुवन जनता मावि शंखपिपल च्युरामा प्रधानाध्यापक २०४६–०४७, सल्यान क्याम्पस सञ्चालक समिति सदस्य २०५४–०५८, संस्कृत विश्वविद्यालय सभा सदस्य २०५६–०५९ र २०६३– ०६५, नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य, मानव अधिकार जागरण केन्द्र (हक) लगायतका अधिकारवादी संघसंस्थाहरुको सल्लाहकार भई योगदान पुगाएका मन्त्री ज्वाला राजनीतिसँग साहित्यमा पनि कलम चलाउनु हुन्छ ।

एक्काईसौं शताब्दी समाजवादको शताब्दी (लेख संग्रह, २०५८), प्रतिनिधिसभामा प्रकाश ज्वाला (संबोधन, २०५९) र वैचारिक विचलनको भुमरीमा माओवादी आन्दोलन (२०५९ मंसिर) कृति प्रकाशन गरी साहित्यकारको सूचिमा नाम दर्ज गरेका मन्त्री ज्वालाका मुखपत्र–सूर्यध्वजा, राप्ती सन्देश, दङ्गाली सन्देश, मासिक–नवयुग, मुल्याङ्कन, सूर्य, एक्काईसौं शताब्दी, पाक्षिक–हिमाल, सल्यनानी सन्देश, साप्ताहिक –नेपाल, बुधवार, छलफल, सुर्योदय, दृष्टी, जनआस्था, संबोधन, प्रकाश, दैनिक–कान्तीपुर, नेपाल समाचारपत्र, राजधानी, अन्नपूर्ण पोष्ट, हिमालय टाइम्स, सगरमाथा, नयाँ युगबोध, गणतन्त्रलगायत लगायतका पत्रिकाहरुमा फुटकर लेख रचनाहरु पनि प्रकाशित भएका छन्, यो क्रमले निरन्तरता पाइरहेको छ भने राप्ती सन्देशको आफैले सम्पादन गरेका पत्रिका हो ।मन्त्री ज्वालाको जीवनको एउटा हिस्सा पढाई र अध्ययनमा वित्यो । त्यसपछिको सिंगो जीवन राजनीति र समाज सेवामा वितेको छ । राजनीतिलाई ठेक्का पट्टा वा व्यापार ठान्ने र कमाई खाने भाँडो बनाउने कुराका विरुद्धमा नै सधै संघर्षरत रहदै आउनु भएको छ भने राजनीति, त्यसमा पनि जनताको राजनीति गर्नका लागि कम्युनिष्ट पार्टीमा सहभागी भएको उहाँले बिर्सनु भएको छैन । कम्युनिष्ट पार्टीको माध्यमबाट जनताको सेवामा सधै समर्पित भएर लागिरहने सपथ खाएर यो आन्दोलनमा निरन्तर ३५ बर्ष होमिएका मन्त्री ज्वाला पद, प्रतिष्ठा र आर्थिक स्वार्थको लागि राजनीतिमा नलागेको दाबि गर्नुहुन्छ । यद्यपि राजनीतिले नै सांसद, मन्त्री समेतका पदमा पु¥याए पनि ती पदलाई दुरुपयोग नगर्नेमा बिश्वस्त हुनुहुन्छ ।

नेपालमा आन्दोलन र क्रान्ति गरेर परिवर्तन आएको, परिवर्तन संस्थागत गर्नका लागि संविधान निर्माण गरेर संघीयताको कार्यान्वयनका क्रममा रहेकाले अब संविधान र संघीयताको कार्यान्वयन गर्दै देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउनु जिम्वेवारी बोध गर्दै विकास र समृद्धि मार्फत समाजवादका आधार तयार गर्ने अबको हाम्रो लक्ष्य रहेको उहाँको भनाई छ । संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरुको निर्माण भयो । अहिले संघीय, प्रदेश र स्थानीय तीन तहका सरकार छन् । त्यस क्रममा ६ नं प्रदेश पनि बन्यो । सर्वप्रथम नाम कर्णाली र राजधानी सुर्खेत निर्णय गरेर ऐतिहासिक काम भयो । कर्णाली प्रदेश आफैमा विकट छ, विकास निर्माणको दृष्टिले पछि पारिएको र आधारभूत मानविय सेवाबाट बञ्चितिकरणमा परेको प्रदेश हो । प्रदेशको बजेट पनि कम छ । तर हामीसँग जल, जंगल, जमिन, जडिबुटी, खनीजलगायत ठूलो प्राकृतिक श्रोत छ । श्रोतमा हामी धनी छौं । ठूलो प्राकृतिक श्रोत र सानो बजेटरी श्रोतलाई बढीभन्दा बढी उपयोग गरेर कर्णाली प्रदेशलाई छिटोभन्दा छिटो समृद्ध बनाउने र कर्णाली प्रदेशका जनतालाई खुशी बनाउने लक्ष्य पूरा हुने मन्त्री ज्वालाको अपेक्षा छ । गरीबी अन्त भई सम्पन्नता, आओस्, अविकासको ठाउँमा विकास, भोकमारी र रोग ब्याधिको अन्त भई सुख र समृद्धि आओस् भन्ने थप अपेक्षा ब्यक्त गर्ने मन्त्री ज्वाला समाजमा रहेका बाल विवाह, छाउपडी, छुवाछुत, जातीय विभेद, महिला हिंसाजस्ता सामाजिक विकृति विसंतिको अन्त र सामाजिक आर्थिक रुपान्तरणसहितको सभ्य र समाजवादी समाज निर्माण गर्ने यात्राको तय गरी यात्रा पार गर्ने दौडमा लागि रहनु भएको छ ।

अनेरास्ववियुको क्षेत्रीय प्रशिक्षणका समयमा नेपालगञ्जमा अन्य १८ जना कार्यकर्तासहित पक्राउ परी दुई हप्तासम्म विभिन्न कष्ट र यातनाका साथ नेपालगञ्ज हिरासतको कष्टडीमा बसेका, २०४२ साल चैत्रमा अनेरास्ववियु तेश्रो सुर्खेत जिल्ला सम्मेलनको तयारीका क्रममा वीरेन्द्रनगरमा गिरफ्तार भई दुई महिना सुर्खेत हिरासतको कष्टडीमा बसेका, संघसंस्था मुद्धा लगाएर २०४४ बैशाख–असार तीन महिना नेपालगञ्ज कारागारमा बसेका, तीन वर्षसम्म नेपालगञ्ज पुनरावेदन अदालतमा संघसंस्था मुद्धा खेपेका, जनआन्दोलन २०४६ का क्रममा पौष २५ गते सल्यान बंगाडमा पक्राउ परी एक हप्ता कडा यातनाका साथ बालुवासंग्रही चौकीमा बसेका, एक हप्ता कडा यातनाका साथ सल्यान जिल्ला प्रहरी कार्यालयमा बसेका, आतङ्ककारी भन्दै शान्ति सुरक्षा अन्तर्गत सल्यान कारागारमा तीन महिना बसेका, धमिजा काण्ड विरोधि आन्दोलनमा काठमाडौमा गिरफ्तार भई केही समय प्रहरी हिरासतमा बसेका, २०५९ असोज १८ र २०६१ माघ १९ को राजा ज्ञानेन्द्रको प्रतिगामी शाही कदमको प्रतिगमन विरोधि आन्दोलनका क्रममा पटक पटक गिरफ्तार भई महेन्द्र पुलिस क्लब, प्रहरी प्रशिक्षण केन्द्र महाराजगञ्जमा बसेका, २०६२ असार ३ गते दाङ् तुलसीपुरमा प्रतिगमन विरोधी शान्तिपूर्ण छ ।

प्रदर्शनमा प्रशासनिक हस्तक्षेप भई लाठीचार्ज र बन्दुक प्रहार हुँदा सख्त घाईते भएका, २०६१ माघ १९ को राजा ज्ञानेन्द्रको प्रतिगामी शाही कदम बिरुद्ध २०६२ चैत्र २४ देखि शुरु भएको राष्ट्रव्यापी आम हड्ताल सहितको निर्णायक जनआन्दोलनका क्रममा गोंगबु मोर्चाको कमाण्ड सम्हाल्ने क्रममा विभिन्न यातना भोगेका मन्त्री ज्वाला पदमा रहँदा र साहित्य सिर्जना गर्दै गर्दा आफूले जीवनमा भोगेका र देखेका बिम्बहरुलाई टपक्क उतार्ने गर्नु हुन्छ । जसका कारण आफ्नो मन मात्रै शान्त हुन्न पाठकहरुलाई पनि सकारात्मक शन्देश प्रबाह गर्न सहयोगीको भूमिका निर्बाह गर्छ । माओवादी जनयुद्ध चलिरहेका बेला २०५६ को निर्वाचनको संघारमा रहेका बेला घरमा ज्वालाका बुवा विरामी भएको खबर आयो । बुवालाई भेट्न र उपचार गराउनका लागि घर जानका लागि सल्लीबजार जानुभयो ज्वाला । सोही दिन २०५५ फागुन २० गते देखि सल्यान खलङ्गा, दाङ, काठ्माण्डौंमा प्रकाश ज्वालाको हत्या भएको व्यापक प्रचार चल्यो। फागुन २१ गते विहान रुकुममा प्रतिनिधि सभाका उम्मेदवार तथा ज्वालाका अनन्य मित्र यदु गौतमको हत्या भएको खबर आयो । प्रहरीले सुरक्षा संबेदनशीलताका कारण हेलिकोप्टर पठाएर खलङ्गा ल्यायो । ज्वालाले बुवालाई भेट्न घर जान चाहेपनि सम्भव भएन । जब ज्वाला खलङ्गा पुगे । फागुन २२ गते अर्को अत्यन्त दुःखद खबर आयो । त्यो थियो आफ्नै बुवाको निधन भएछ । यो घटना ज्वालाको जीवनको अत्यन्त पीडादायक अविष्मरणीय क्षण बन्यो ।

जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्याको घटनाले ज्वालालाई निकै मर्माहत बनायो । त्यसबेला तीन दिनसम्म खाना नखाएर ज्वाला बेहोस हुनुभयो, सल्यान जिल्ला नेपाली कांगे्रसको किल्ला थियो । गाउँमा एक्लै जनताको विचमा जाने क्रममा ज्वाला पटक पटक कांग्रेसको आक्रमणमा परिरहे । २०५६ को निर्वाचनमा नेपाली कांगे्रसको किल्ला तोडेर प्रतिनिधिसभाको निर्वाचन जितेर एक जना गाउँले, जनताको छोरो पहिलो पटक सिंहदरबार र संसद पुग्दा गर्वको अनुभूति भयो ज्वालालाई, जन विद्रोहबाट राजतन्त्र ढलेर गणतन्त्र घोषणा भएको दिन अनि संविधानसभाको सदस्यको हैसियतमा जनताको संविधानमा हस्ताक्षर गरेर संविधानसभाबाट संविधान घोषणा भएको ऐतिहासिक क्षण तथा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच २०७५ जेठ ३ गते पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी घोषणा भएको दिन पनि मन्त्री ज्वालाका जीवनका अविष्मरणीय पलका रुपमा साबित भएका छन् ।

देश र समाजको सेवा गर्ने, स्वच्छ, पारदर्शी र नैतिक आचरणयूक्त जीवन विताउने, स्वस्थ र सरल जीवन विताउने, परिवारलाई अभिभावकत्व प्रदान गर्ने, समाज, देश र जनताको स्वार्थलाई सर्वोपरी ठानेर काममा निरन्तरता दिने व्यक्तिगत उदेश्यको सगरमाथा बोकेका मन्त्री ज्वालाले लेबनान, कतार, भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, क्यानडा, बेलायत, स्पेन, पोर्चुगल, बेल्जियम, नेदरल्याण्ड, लक्जेमवर्ग, फ्रान्स, स्वीटजरल्याण्ड, अष्ट्रिया, चेक गणतन्त्र, पोल्याण्ड, डेनमार्क, स्वीडेन, जर्मनी, थाईल्याण्ड, फिलिपिन्स लगायतका देशहरुको भ्रमण गरी अनुभव सम्हाल्नु भएको छ ।

राजनितिक यात्रा
अनेरास्ववियु प्राक सदस्य र अध्यक्ष, जनकल्याण मावि काप्रीचौर सुर्खेत (०३७–०३८), अनेरास्ववियु जिल्ला कमिटि सदस्य, सुर्खेत (२०३८–०३९) अनेरास्ववियु जिल्ला कमिटि उपाध्यक्ष, सुर्खेत (२०३९–०४०), अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष, सुर्खेत (२०४१–०४२), अनेरास्ववियु क्षेत्रिय कमिटि सदस्य, सुदूर पश्चिमाञ्चल (२०४१–०४२),ट अनेरास्ववियु सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटि सदस्य (२०४२), अनेरास्ववियु आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटि सदस्य (२०४३–०४५), तत्कालीन नेकपा (माले युथ कम्युनिष्ट लिगको सदस्य, सुर्खेत (२०३८–०४०), नेकपा (माले को पार्टी सदस्यता प्राप्त २०३९ मंसिर १२, सुर्खेत,नेकपा (माले विद्यार्थी जिल्ला पार्टी एक्टिभ गु्रप (पिएजी) सदस्य र सचिव (२०४०–०४३),नेकपा (माले सुर्खेत सिम्ता एरियाको इलाका कमिटि सदस्य र सचिव (२०४१–०४४), नेकपा (माले जिल्ला पार्टी सक्रिय दल, सुर्खेत सदस्य (२०४२), नेकपा (माले जिल्ला संगठन कमिटि सुर्खेत सदस्य (२०४३–०४५),नेकपा (माले सल्यान जिल्ला संगठन कमिटि सचिव (२०४७), नेकपा (एमाले सल्यान जिल्ला कमिटि सचिव (२०४८–०५९), नेकपा (एमाले सल्यानको पहिलो, दोश्रो र तेश्रो अधिबेशनबाट सचिव निर्वाचित (१० वर्ष सम्म), नेकपा (एमाले पाँचौं राष्ट्रिय महाधिबेशन (२०४९ माघ १४–२०, काठ्माण्डौं प्रतिनिधि, नेकपा (एमाले छैटौं राष्ट्रिय महाधिबेशन (२०५४ माघ १२–१८, नेपालगञ्ज) प्रतिनिधि, नेकपा (एमाले छैटौं राष्ट्रिय महाधिबेशन (२०५४ माघ १२–१८, नेपालगञ्ज) बहस नोट कमिटि सदस्य, नेकपा (एमाले राप्ती अञ्चल समन्वय कमिटि सदस्य तथा स्थानीयनिकाय विभाग प्रमुख (२०५७–०५९),नेकपा (एमाले राष्ट्रिय परिषद सदस्य (२०५८–०५९), माओवादी तथा राज्यद्वारा सृजित हिंसा र आतंक सम्बन्धी अध्ययन कार्यदलको सदस्य सचिव (२०५८) र अन्य विभिन्न कार्यदलहरुमा रही जिम्वेवारी बहन, नेकपा (एमाले सातौं राष्ट्रिय महाधिबेशन (२०५९ माघ १८–२२, जनकपुर) प्रतिनिधि, नेकपा (एमाले सातौं राष्ट्रिय महाधिबेशन (२०५९ माघ १८–२२, जनकपुर) समूह नेता, समूहका निश्कर्ष प्रस्तुत्, नेकपा (एमाले सातौं राष्ट्रिय महाधिबेशन (२०५९ माघ १८–२२, जनकपुर) बाट बैकल्पिक केन्द्रीय सदस्य निर्वाचित, नेकपा (एमाले आठौं राष्ट्रिय महाधिबेशन (५–१४ फागुन २०६५, बुटवल) जनपरिचालन उपसमिति सदस्य, नेकपा (एमाले आठौं राष्ट्रिय महाधिबेशन (५–१४ फागुन २०६५ बुटवल) आयोजक र प्रतिनिधि,नेकपा (एमाले आठौं राष्ट्रिय महाधिबेशन (५–१४ फागुन २०६५, बुटवल) बन्दसत्रमा माईन्युट लेखन समिति सदस्य, नेकपा (एमाले आठौं राष्ट्रिय महाधिबेशन (५–१४ फागुन २०६५, बुटवल) राप्ती अञ्चलको भूगोल निर्वाचन क्षेत्रबाट केन्द्रीय सदस्य निर्वाचित,नेकपा (एमाले केन्द्रीय कमिटिको पहिलो बैठकबाट आठौं महाधिबेशनको विधान सम्पादन तथा प्रकाशन कार्यदलको सदस्य चयन (१२–१७ चैत्र २०६५),नेकपा (एमाले द्वारा भरतमोहन अधिकारीको नेतृत्वमा गठित संविधान र राज्य पुनर्संरचना कार्यदलको सदस्य सचिव (२०६६ माघ),नेकपा (एमाले केन्द्रीय कमिटिको २८ बैशाख २०६६ मा बसेको बैठकमा भएको निर्वाचनमा पोलिटव्यूरो सदस्य पदमा निर्वाचित,पार्टीको केन्द्रीय संगठन विभाग सदस्य र केन्द्रीय स्वास्थ्य विभाग प्रमुख,पार्टीको राप्ती अञ्चल इन्चार्ज र संयोजक (दुई कार्यकाल), ठपार्टीको नवौं राष्ट्रिय महाधिवेशन (१९–२५ असार २०७१) प्रतिनिधिहरुको प्रमाणिकरण (ख्भचषथ) कार्यदलको सदस्य, पार्टीको नवौं राष्ट्रिय महाधिवेशन (१९–२५ असार २०७१) माईन्युट लेखन कमिटि सदस्य,पार्टीको नवौं राष्ट्रिय महाधिवेशन ( १९–२५ असार २०७१) द्वारा अत्यधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित,पार्टी केन्द्रीय कमिटीको चौथो बैठक (२०७१ मंसिर २२–पौष १) को मंसिर २८ गतेको निर्णयबाट पोलिटव्यूरो सदस्य चयन,नेकपा (एमाले केन्द्रीय कमिटि, पोलिटव्यूरो सदस्य, नेकपा (एमाले केन्द्रीय श्रम तथा रोजगार विभाग प्रमुख,नेकपा (एमाले प्रगतिशील बैदेशीय रोजगार व्यबसायी मञ्च इन्चार्ज, नेकपा (एमाले र नेकपा माओवादी केन्द्रवीच २०७५ जेठ ३ गते एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि नेकपा केन्द्रीय सदस्य मनोनयन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोलिटव्यूरो सदस्य, सार्वजनिक राजनीतिक जिम्मेवारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सल्यान क्षेत्र नं. १ बाट उम्मेदवार (२०५१), प्रतिनिधिसभा निर्वाचनमा सल्यान क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक बहुमतले निर्वाचित, (२०५६), प्रतिनिधिसभा राज्य व्यबस्था समिति सदस्य (२०५६–०५९),२०६१ माघ १९ को राजा ज्ञानेन्द्रको प्रतिगामी शाही कदम बिरुद्ध २०६२ चैत्र २४ देखि शुरु भएको राष्ट्रव्यापी आम हड्ताल सहितको निर्णायक जनआन्दोलनका क्रममा गोंगबु मोर्चाको कमाण्ड,जनआन्दोल २०६२÷०६३ द्वारा २०६३ बैशाख ११ गते प्रतिनिधिसभाको पुर्नस्थापनापछि प्रतिनिधिसभा सदस्य,प्रतिनिधिसभा प्राकृतिक श्रोत र साधन समितिको अध्यक्ष, राजा र राजपरिवारको जग्गा जमिन र सम्पत्ति छानवीन विषयमा सक्रिय भूमिका (२०६३–०६४),माओवादीसँगको वार्ता सफल भएपछि गठित व्यबस्थापिका संसदको सदस्य (२०६३ पौष १–२०६४ चैत्र),प्रधानमन्त्री झलनाथ खनालका प्रमुख राजनीतिक सल्लाहकार (२०६७ बैशाख १ (२०६८ भदौ ११ सम्म), संविधानसभा निर्वाचन २०७० मा सल्यान जिल्ला क्षेत्र नं २ बाट निर्वाचित सभासद्, संविधानसभा ‘संविधान मस्यौदा समिति’ सदस्य,व्यबस्थापिका–संसदको राज्य व्यबस्था समिति सदस्य,व्यबस्थापिका–संसद अर्थ समितिको सभापति सर्वसम्मत निर्वाचित (२०७१ भदौ ११),संविधानसभाबाट २०७१ माघ ११ गते गठित विवादित विषयहरुका सम्बन्धमा प्रश्नावली तयार गर्ने ‘प्रस्ताव समिति’को सदस्य, २०७४ साल मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा सल्यान क्षेत्र नं २ बाट प्रदेश सभा सदस्यमा अत्यधिक बहुमतद्वारा निर्वाचित,२०७४ फागुन ६ गते कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी प्राप्त गरी फागुन ७ गते सपथ ग्रहण, कर्णाली प्रदेश सरकारको मन्त्री परिषद् अन्तर्गत राजनीतिक समिति संयोजक हुनुहुन्छ ।                                                                                                सफलताको बाटो