कालिकोट । आगलागीबाट गाँउनै सखाप भएको जिल्लाको पलाता गाँउपालिका वडा नं १ खाडागाउँमा एक घर एक धारा निर्माण सुरु भएको छ ।
जिल्लाकै विकट क्षेत्रको रुपमा रहेको यस गाउँमा अघिल्लो वर्षको पुष महिनाको ८ गते आगलागीबाट खाडागाउँको पुरै बस्ती नै सखाप भएको थियो । आगलागी पछि पिडितहरुलाई आवसको लागि कर्णाली प्रदेश सरकार र गाँउपालिकाले घरनिर्माण गरिरहेको छ ।
योसंगै पीडित बस्तीलाई मध्यनजर गर्दै यस गाउँपालिकामा कार्यरत स्थानिय गैह्रसरकारी संस्था हुरेन्डेक नेपाल, कालिकोटद्वारा संचालित क्याफ्स कर्णाली परियोजना मार्फत प्रत्येक घरमा धारा निर्माण कार्यलाई अगाडी बढाएको छ । गाउँपालिका उपाध्यक्ष दान न्यौपानेले एक कार्यक्रमकाबिच खानेपानी धाराको शिलान्यास गरेकी छन् ।
परियोजनाबाट १ सय २० घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । १ करोड १५ लाख २१ हजार ७ सय१५ रुपैयाँको लागतमा निर्माण हुने परियोजनामा १ सय २२ वटा धारासहित १ वटा निर्माण हुने छन् ।
निर्माण गरिने १२२ वटा खानेपानीका धारा मध्ये १२० वटा धारा प्रत्येक घरमा रहने छन् भने १ वटा धारा विद्यालयलाई र १ वटा धाराखर्क (मौषमी बसाई गर्ने ठाँउमा उपलब्ध रहने छन् । तिन महिनामा सम्पन्न गर्ने उद्देश्यका साथ संचालित उक्त परियोजनामा जम्मा १ सय २१ जना व्यक्तीले तिन महिनाका लागि रोजगार पाउने भएका छन् ।
खानेपानीको शिल्यानेश गदै गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले, अनुकुलन कोषको आर्थिक सहयोग तथा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्वखाद्य कार्यक्रमको कार्यन्वयमा संचालित क्याफ्स कर्णाली परियोजनाले सार्वजनिक पुर्वाधार निर्माण कार्यमा गाउँपालिलाई विशेष सहयोग गर्दै आएको बताईन। पलाता जस्तो जिल्लाकै विकट क्षेत्रमा यस्ता किसिमका महत्वपुर्ण काम गर्ने परियोजनालाई गाउँपालिकामा आवश्यक रहेको बताइन् । कार्यपालिकाको लागि निकै राम्रो भएको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताइन् । आगोले खरानी बनेको यो बस्तीमा एक घर एक धाराले यहाँका पीडितहरुलाई ठुलो राहत हुने बताइन् ।
स्वच्छ खानेपानीको प्रयोग, व्याक्तिगत सरसफाईसाथै करेसावारी खेतीबाट पोषण यूूक्त हरियो तरकारी उत्पादनगर्ने उद्देश्यका साथ खाडा एक घर एक धारा बहुु उपयोगी परियोजनाको निर्माण कार्य शुरु गरिएको कुरा क्याफ्स कर्णाली परियोजनाका संयोजक नरेन्द्र शाहीले बताए ।
आगलागि भएको एक वर्ष पुग्दा समेत कुनै निकायले खानेपानिको व्यवस्था गरेका छैनन् । सारै दुख र कष्टमा खानेपानि खानु परेको स्थानिय धर्मराज न्यौपानेले बताए । बल्ल एक घर एक धारा निर्माण हुने भयो । सारै खुसी लागेको छ । rajdhanidaily.com
स्मार्ट कर्णाली । २६ मंसिर २०७६, बिहीबार १७:२७ बजे