स्वास्थ्य चौकी भवन निर्माण

:jf:Yorf}sL ejg pb3f6g bdf}nL, @& dªl;/ M tgx'Fsf] Jof; gu/kflnsf–!# kf]v/Le~Hofªdf lgdf{0f ;DkGg ePsf] :jf:Yorf}sL ejg pb3f6g ub}{ Jof; gu/kflnsfsf k|d'v a}s'07 Gof}kfg] . ;ª3Lo ;/sf/sf] ? Ps s/f]8 $$ nfvsf] nfutdf :jf:Yorf}sL ejg lgdf{0f ePsf] xf] . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

दमौली, २७ मङ्सिर : तनहुँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।

रु एक करोड ४४ लाख दुई हजार ९२७ को लागतमा आवाससहितको भवन निर्माण भएको हो । दुई तल्लामा १३ कोठा रहेको उक्त भवनमा ६ कोठा स्वास्थ्य कर्मीहरुका लागि कार्यालय र आवास तथा सात कोठा स्वास्थ्य परीक्षणको लागि प्रयोग गरिएको छ ।

सङ्घीय सरकारको आर्थिक लगानी तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनको बिहीबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे ।

सो अवसरमा उनले स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै हरेक वडामा एक स्वास्थ्य चौकी स्थापना गर्ने नगरपालिकाको अभियान रहेको जानकारी दिए ।

कार्यक्रममा नगरप्रमुख न्यौपानेले भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाता ईश्वरप्रसाद पाण्डेको परिवारलाई सम्मान गरे । स्थानीयवासी ईश्वरप्रसाद पाण्डे र चिजामाया पाण्डेले भवन निर्माणका लागि पाँच रोपनी जग्गा दान दिएका थिए ।

भवनबाट सेवासमेत शुरु भइसकेको स्वास्थ्य चौकीका प्रमुख सागर तिवारीले जानकारी दिए । यो भवनमा बर्थिङ सेन्टर सञ्चालन गर्ने गृहकार्य भइरहेको बताउँदै उनले स्वास्थ्य चौकीमा दैनिक १५ भन्दा बढी बिरामी स्वास्थ्य सेवा लिन आउने गरेका छन् ।