नेपाली सिमेन्टले क्षमताअनुसार बजार पाएका छैनन्

पूर्वाधार निर्माणका निम्ति विभिन्न निर्माण सामग्रीको आवश्यकता पर्छ । अन्य निर्माण सामग्रीको तुलनामा सिमेन्ट, छड अग्रपंक्तिमा आउ“छन । यसको मतलव अन्य निर्माण सामग्रीको महत्व छैन भन्ने होइन । नेपाल पछिल्लो समस्यमा निर्माण सामग्रीमा आत्मनिर्भर उन्मुख हु“दै गएको छ ।

विशेषगरी सिमेन्टको आयात रोकिएजस्तै नै छ । चार दर्जनको हाराहारीमा रहेका सिमेन्ट उद्योगले नेपालको माग धान्न सक्ने अवस्था छ । तर, क्षमता अनुसारको बजार नपाइरहेको गुनासो पनि छ । बास्तवमा नेपाली सिमेन्ट उद्योगको स्थिति कस्तो छ ? बजारको अवस्था के छ भन्नेलगायतका विषयमा विभिन्न सिमेन्ट उद्योगका बजार प्रवद्र्धकस“ग नेपाल समाचारपत्रका लागि दीपेन्द्र थापाले गरेको कुराकानी:

विश्व बजारमा प्रतिस्पर्धा गर्ने क्षमता राख्छन्


रमेश थापा
सिनियर मार्केटिङ सेल्स मेनेजर, अर्घाखाँची सिमेन्ट

नेपालमा सिमेन्ट उत्पादन राम्रो रहेको छ । तर, त्यसको खपत भने भएको छैन । निर्माण क्षेत्रले गति लिन नसक्दा हाल उत्पादन अनुरुपमा बजारमा माग छैन । ठूला परियोजना सञ्चालन भएको छैनन् । विकास निमार्णको काम सुस्त गतिमा हुदाँ बजारमा सिमेन्टको उपयोग हुन नसकेको हामीले पाएको छौं । उत्पादन अनुसारको बजारमा माग नहुदाँ सिमेन्टको मुल्यनै घटेको छ ।

बैंकले व्याजदर बढाएका छन्, अर्कातिर बैंकले ऋण नदिदा सर्बसाधरणले घर निमार्णमा कमि आएको छ, जस्ले गर्दा सिमेन्टको प्रयोग घटेको छ । विगतमा क्लिंकर आयात हुदाँ व्यापार घाटा बढाउने गएको थियो भने हाल नेपालमा उत्पादन भएको क्लिंकरको प्रयोग गरि नेपालमा सिमेन्ट उत्पादन हुँदै आएको छ जस्ले गर्दा व्यापार घाटा केही हदसम्म भए पनि कमी भएको अवस्था छ ।

सरकारले छिमेकी देशसँग सहकार्य गरेर नेपाली सिमेन्टलाई केही लाभ दिएको खण्डमा नेपाली सिमेन्ट विश्व बजारमा प्रतिस्पर्धी गर्न सक्ने क्षमताको उत्पादन भइरहेको छन् । यसतर्फ सरकारको ध्यान केन्द्रीत हुन जरुरी रहेको छ ।

ठूला परियोजनामा नेपाली सिमेन्टको प्रयोग हुन थालेको छ । यो नेपाली सिमेन्ट उद्योगको लागि राम्रो हो। सरकारले तोकेको मापदण्ड पुरा गर्दै सिमेन्टहरले उत्पादन गदै आएका छन् । तर हाल ठूला परियोजना सुस्त गतिमा रहेको र निर्माणले भने गति लिन नसक्दा सिमेन्टको प्रयोग हुन सकेको छैन् । विकास खर्च हुन नसक्दा सिमेन्टको प्रयोग भएको छैन । सरकारले बजेटमा व्यवस्था भएको विकासको कामलाई उत्तिकै जागरुपका साथ अगाडि बढाउनु पर्ने देखिन्छ ।

मूल्य सस्तो हुँदै गएको छ

दिवाकर सिल्वाल
ब्रान्ड मेनेजर, विशाल सिमेन्ट
अघिल्लो वर्षको जस्तो यस वर्ष सिमेन्टको माग भने बढेर गएको छैन । बजेट खर्च हुन नसक्नु विकास निर्माणको कामले गति लिन नसक्दा सिमेन्टको माग पूर्ण रुपमा हुन नसकेको मैले पाएको छु । बजारमा नयाँ कम्पनी आएका छन्,

सिमेन्टको उत्पादन वृद्धि हुदै गएको अवस्था छ हाल भने उत्पादन अनुरुपको माग नहुदा सिमेन्टको प्रयोग भएको छैन् । यो भन्दै गर्दा नेपालमा सिमेन्टको सम्भावना नभएको भने होइन । नेपालमा ठूला पूर्वाधारको विकास हुनै बाँकी रहेको छ। यस्ले गर्दा आगामी दिनमा ठूलो परिमाणमा सिमेन्टको माग हुने देखिन्छ । स्वदेशमानै क्लिंकर उत्पादन हुन थालेको छ जस्ले गर्दा नेपाली सिमेन्ट सस्तो पनि भएको छ भने उत्पादन पनि राम्रो भएको छ ।

नेपाली सिमेन्ट राम्रो भर पर्दा र गुणस्तरीय हुनुको साथै मूल्यमा पनि मितव्यी रहेकाले गर्दा निर्यातको पनि उत्तिकै सम्भावना रहेको छ । यस्को लागि सरकारले नीति गत तहवाट नै सहजकरण गदै नेपाली सिमेन्ट उद्योगलाई प्रत्साहन गर्नुपर्ने देखिन्छ ।

नेपाली सिमेन्ट निर्यात गर्न सकेको खण्डमा हाल पूर्ण रुपमा उत्पादन क्षमता भएर पनि उत्पादन नगरेको उद्योगले उत्पादन गर्ने बाटो खुल्ने छ जस्ले गर्दा सरकारले लिएको आर्थिक विकासको नारा पूरा हुनेछ । साथै रोजगारीको पनि सिर्जना हुनेछ । नेपालका ठूला परियोजनामा नेपाली सिमेन्टको प्रयोग बढेर गएको छ । नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको अवस्था रहेको छ ।

निर्यातको सम्भावना छ

विकास कुमार झा

हेड–सेल्स एन्ड मार्केटिङ– सिद्धार्थ सिमेन्ट

नेपालमा सिमेन्टको राम्रो सम्भावनाो छ, बजार पनि राम्रो देखिएको छ । तर, अहिलेका समयमा भने माग कम भएको अवस्था छ । नेपालमा करिब ६६ सिमेन्ट उद्योग रहेका छन् । विकास खर्च कम हुनु र पुनर्निर्माणले गति लिन नसक्दा पूर्वाधारको काम रोकिएस“गै सिमेन्टको माग घटेर गएको छ ।

बजारमा उत्पादन अनुरुपको माग हुन सकेको छैन । बैंकले घरजग्गामा ऋण प्रवाह नगर्नु, विकास निर्माणले गति नलिनु, सर्वसाधारणमा पैसाको कमि लगायतका कारण सिमेटको माग सिजनमा पनि घटेको पाएका छौं ।
क्लिंकरमा नेपाल करिब आत्मनिर्भर भएको छ, योस“गै विगतमा सिमेन्टमा लागत घटेस“गै मूल्य पनि घटेको छ । प्रायः ठूला परियोजनामा नेपाली सिमेन्टनै प्रयोग भएको पाएका छौं । ठूला जलविद्युत्, सडक आयोजना र व्यावसायिक भवन निर्माणमा नेपाली सिमेन्ट प्रयोग भइरहेको छ ।

बजारमा तिव्र प्रतिस्पर्धा बढेर गएको छ । नया“ उद्योगहरु आउने क्रममा रहेको छन् । भोलिको दिनमा नेपालमा सिमेन्टको राम्रो बजार रहेको छ । सरकारले उचीत नीति निर्माण गरेको अवस्थामा छिमेकी मुलुकमा निर्यातको प्रचुर सम्भावन रहेको छ । भारतका उत्तर प्रदेश, विहारमा ठूला उद्योग छैनन्, यस्ले गर्दा निर्यातको प्रवल सम्भावना रहेको छ । गुणस्तरको हिसाले पनि नेपाली सिमेन्ट राम्रो भरपर्दाे बलियो रहेको छ । भोलीको दिनमा नेपालमा सिमेन्टको सम्भावना व्यावसायिक हिसावले राम्रो छ निर्यातको पनि उत्तिकै सम्भावना रहेको छ ।

अहिले विदेशी लगानी पनि भित्रिरहेको छ । हामीसंग सिमेन्ट उत्पादनका लागि चाहिने प्रशस्त कच्चा पदार्थ छ । विस्तारै त्यसलाई उत्पादनमा ल्याउन सक्नुपर्छ www.newsofnepal.com