कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष २०२० बुलबुलेबाट शुुभारम्भ गर्दै,पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको मन्त्री बुढाको भनाइ

सुर्खेत – कर्णाली प्रदेश सरकारले पर्यन वर्ष २०२० को शुुभारम्भ भव्य रुपमा गर्ने भएको छ । जनवरी १ तथा पुष १६ गते सुर्खेतको प्रमुख पर्यटकिय स्थल बुलबुलेबाट भ्रमण बर्षको शुुभारम्भ गर्ने जनाइएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन समिति र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम गरिने छ ।

कार्यक्रममा प्रदेशका प्रमुुख प्राकृतिक, सांस्कृतिक, धार्मिक, पर्यटकिय सम्पदाहरुको फोटो, ब्यानर तथा पोष्टहरुको प्रचारप्रसार गरिने छ । साथै प्रदेशको संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति गरिनेछ । कर्णाली प्रदेशको छुट्टै पहिचान हुने गरी गरी तयारी लागो सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ । सोमबार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव कृष्ण प्रसाद आचार्यले भ्रमण बर्षको तयारीलाई तिव्र पारिएको बताए । भ्रमण वर्षको पहिलो दिन कर्णालीमा आउने पर्यटकहरुलाई विमानस्थल र नाकाहरुमा सम्मान गरिने तयारी पनि गरिएको छ ।

भ्रमर्ण बर्ष २०२० मा एक लाख विदेशी पर्यटक भित्र्याउने प्रदेश सरकारले लक्ष्य लिएको छ । आन्तरिक र बाह्य पर्यटक गरेर पाँच लाख भित्र्याउने लक्ष्य लिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दबहादुर बुढाले जानकारी दिए । उनले भने,प्रदेश सरकारले पर्यटन बर्षलाई लक्षित गरेर ४० वटा पर्यटकिय गन्त्व्य तोकेको जानकारी दिँदै पर्यटक आर्कषित गर्न सरकारले कार्यक्रम संचालन गर्ने बताए । प्रदेशमा निजी क्षेत्रसंग साझेदारी गरेर पर्यटक लक्षित कार्यक्रम संचालन गरिने मन्त्री बुढाले बताए । सबै स्थानीय तहसंग समन्वय गरेर भ्रमण बर्षलाई सफल गराउने प्रदेश समन्वय परिषद बैठकले पनि निर्णय गरेको मन्त्री बुढाले जानकारी दिए । पर्यटन वर्षलाई सफल गराउन सबै पक्षको सहयोग आवश्यक रहेको मन्त्री बुढाले बताए । उनले कर्णालीमा पर्यटनको सम्भावना धेरै रहेको बताउँदै पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकार लागिपरिरहेको उल्लेख गरे । मन्त्रालयले पर्यटन प्रर्वद्धनमा ५२ प्रतिशत बजेट लगानी गर्न लागेको छ।

मन्त्री बुढाले कर्णाली प्रदेशको १० बर्षिय पर्यटन गुुरुयोजना निर्माणको अन्तिम चरणमा भएको जानकारी दिदै कर्णाली प्रदेश भौगोलिक रुपमा विकट भएकोले पाँच वटा पर्यटन क्षेत्र वटा तोकेर त्यही अनुसार प्याकेजका कार्यक्रम ल्याउने बताए । आगामी जेठसम्म रारा ताल वरीपरी साइकल यात्राका लागि पदमार्ग र से– फोक्सुुण्डोमा पदमार्ग तयार गरिसक्ने पनि बताउनुुभयो ।

पर्यटन बर्षलाई लक्षित गरेर पर्यटन बर्ष २०२० मा सुुर्खेतका होटल व्यवसायिहरुले पर्यटकहरुलाई २० प्रतिशत छुट दिने भएका छन् । होटल व्यवसायि संघ सुुर्खेतले आन्तरिक तथा बाह्य पर्यटकलाई १० प्रतिशत खाना र आवासमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । कर्णालीमा पर्यटकहरुलाई आकर्षित गर्नका लागि छुट गरिएको होटल व्यवसायिक संघका अध्यक्ष गोरख रावतले बताए ।

उनले भने, पर्यटन बर्षलाई सफल गराउनका लागि सुर्खेतका सबै होटल व्यवसायी तयार रहेको बताए । उनले अनुसार, ‘हामीले सुुर्खेतका सबै होटलहरुमा आन्तरिक र बाह्य पर्यटकहरुलाई आर्कषित गर्नका लागि २० प्रतिशत छुट गर्ने निर्णय गरेका हौँ । यसले पर्यटक आगवनमा सहयोग पुुग्ने अपेक्षा गरेका छौँ ।’

यसैविच कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चर प्रालि पञ्चपुरी सुुर्खेतले र्याफ्टिङ मा ५० प्रतिशत छुट दिने जनाएको छ । कम्पनिले पर्यटन बर्ष २०२० अवधि भर ५० प्रतिशत छुट दिने कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चर प्रालिका निर्देशक देवराज जैसीले बताए ।

उनका अनुसार भेरी नदिको जामुु पुलदेखि भेरी कर्णाली दोभान हुुँदै कुहिने पुलसम्म १५ किलोमिटर राफ्टीङमा दुुई हजार शुल्क भएकोमा जनवरी १ देखी एक हजार मात्र शुल्क लिइने छ । र्याफ्टिङ का लागि आउने पर्यटकहरुलाई पञ्चपरी नगरपालिका वडा न ९ को सुन्दरपुरमा आवास र खानाको सुविधा पनि रहेको उनले बताए ।