कर्णालीमा यसरी शुभारम्भ भयो

  कर्णाली प्रदेश सरकारले पर्यटकीयस्थल बुलबुलेमा बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ ।

वीरेन्द्रनगर बजारबाट बिभिन्न झाँकीसहितको र्‍याली निकाली बुलबुले उद्यानमा आएर भ्रमण वर्षको उद्घाटनगरिएको हो । शुभारम्भका क्रममा कर्णालीका जातजाति विशेषका भेषभुषा र संस्कृतिको प्रदर्शनसमेत गरिएको थियो । उनीहरुका छुट्टाछुट्टै झाँकीहरु प्रदर्शन गरिएको थियो ।पर्यटन वर्ष शुभारम्भ हुनुपूर्व निकालिएको र्‍यालीमा लोपोन्मुख कुसुण्डा र राउटे जातिको पनि सहभागिता रहेको थियो ।शुभरम्भकै क्रममा गोठीकाँठाबाट उडाइएको प्याराग्लाइडिङ कार्यक्रमस्थलमै ल्याण्ड गरिएको थियो ।कर्णाली सरकारले भ्रमण वर्षलाई लक्षित गरी ४० वटा गन्तव्यहरु तय गरेको छ भने एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।