पूर्वमन्त्री खत्री निर्दाेष सावित

अदालतमा विचाराधीन मुद्दा चर्चित भएर पदमुक्त गरिएका कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका पूर्वमन्त्री खड्गबहादुर खत्री जिल्ला अदालत काठमाडौंबाट निर्दाेष सावित भएका छन् ।

अदालतले आइतवार मुद्दाको फैसला गर्दै खत्री सहित ५ जनाविरुद्धको अभियोग दाबी नपुग्ने फैसला गरेको हो । न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले कृषि विकास बैंकको जाहेरीले नेपाल सरकार वादी रहेको मुद्दाको अभियोग दाबी नपुग्ने फैसला गरेको छ ।                                               lokantar