धीरबहादुर बिष्ट कालीकोट जिल्ला नरहरीनाँथ गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । २०२४ साल फागुन २४ गते वुवा स्व. सिंहबहादुर बिष्ट, आमा स्व. जयका बिष्टको कोखबाट साबिकको लालु गाविस २, हाल नरहरीनाँथ गाउँपालिका ८ मा उहाँको जन्म भएको हो । २०४२ साल बैसाख ८ गते गोबिकला बिष्ट सँग बैवाहिक सम्बन्धमा बाँधिनुभएका बिष्टका २ छोरा र २ छोरी छन् । २०३० सालमा जनप्रभात प्राबि लालुबाट औपचारीक शिक्षा हाँसील गर्न बिद्यालय भर्ना भएका बिष्टले २०४१ सालमा एसएलसी उतिर्ण गर्नुभयो भने एमएड सम्मको उच्च शिक्षा हाँसील गर्नुभएको छ ।
२०४२ सालमा शिक्षण पेशामा आवद्ध भई अछामको सरस्वति निमावि झाँतामा अध्यापन, २०४५ सालमा नन्दादेवी मावि कोटबाटामा प्रावि तहमा अध्यापन, २०५२ देखि ०६२ सम्म श्री जनप्रभात मावि सिरकोट कालीकोटमा प्रधानाध्यापक, सो विद्यालयलाई मावि बनाउनमा विशेष भुमिका निर्बाह, ०६३ साल देखि स्रोत व्यक्ति, स्रोत व्यक्ति हुँदा जिल्लामा विभिन्न विद्यालय स्थापना र वाल शिक्षाका नयाँ भवनहरु निर्माण, जिल्लाका विभिन्न विद्यालयहरुमा शैक्षिक सुधार ल्याउन सफल, सामाजिक विकृतिको अन्त्य गर्नमा विशेष जोड तथा छुवाछुत प्रथाको अन्त्यका अभियानहरुको सञ्चालन तथा नेतृत्वदायी भूमिका निर्बाह गर्दै अनुभव सम्हालेका अध्यक्ष बिष्टले हाल सम्म आर्जन गरेको अनुभवलाई पालिकाको विकासमा लगानी गरिरहने बताउनु हुन्छ ।विभिन्न ऐन कानुनहरुको निर्माण, शैक्षिक सुधारको लागि निःशुल्क र अधारभुत शिक्षाको सुनिश्चितता घोषणा, लालु, खुलालु देखि मालकोट रुप्सा सम्मको सडक बाटो निर्माण, लालीघाट–सुन्थराली हुँदै कुमालगाउँसम्म सडकको ट्रयाक खोल्ने काम सम्पन्न, उत्छवखोला जलजिद्युत आयोवजना निर्माण कार्य सम्पन्न, उत्छव खानेपानी आयोजना, सितला–नौलाघर खानेपानी आयोजना, रचना खानेपानी आयोजना, बड्डापातल खानेपानी आयोजना सम्पन्न भएका छन् केही योजनाहरु कार्यान्वयनमा पनि छन् ।नरहरीनाथ गाउँपालिकाको रिङ्गरोड निर्माण कार्य सम्पन्न गर्ने, धाँचुखोला विद्युत आयोजना सम्पन्न गर्ने, सुन्थरालीमा विमानस्थल व्यवस्थापन गरी उडान भर्ने, कृषिमा आधुनिकिकरण गर्ने, उन्नत पशुहरुको विकास गरी आयस्तरमा सुधार गर्ने, गुणस्तरीय शिक्षाको विकास गर्ने तथा सम्पूर्ण जनताको पहुँच पुग्ने गरी स्वास्थ्यको विकास गरि नरहरीनाथँ गाउँ पालिकालाई अन्य पालिका भन्दा अब्बल बनाउने योजनामा छन् अध्यक्ष बिष्ट ।
नरहरीनाथ गाउँपालिकालाई विकास निर्माणका विभिन्न योजनाहरु सम्पन्न गरी समृद्धितर्फ लम्काउदै सामाजिक विकृति र भ्रष्ट्राचारको अन्त्य गर्ने आगामी सोच लिएका अध्यक्ष बिष्टको जीवनमा सिंहदरवारका सबै अधिकारहरु संघियताको माध्यमबाट गाउँमा आएको र सबै जनताले स्थानीय तहबाटै अधिकार पाएको क्षण अविस्मरणीय बनेको छ ।मुलुकलाई समाजबादतर्फ अग्रसर गराउने दृढता बोकेका अध्यक्ष बिष्ट देउडा गीत सुन्ने÷पत्रपत्रिका पढ्नेमा रुचि राख्नुहुन्छ भने छोड्नै नसकिने गरि केही लत छैन र उहाँले हालको समय सम्म रक्तदान पनि गर्नुभएको छैन ।
राजनितिक यात्रा २०३६ सालमा बहदुल ल्याउनका लागि संघर्ष, २०३९ सालमा पंञ्चदेबल मा.बि मा नेपाल रेडक्रस सोसाइटिको सचिबमा निर्बाचित,२०४२ सालमा रत्नराज्यलक्ष्मी क्याम्पसमा पठनपाठनकै क्रममा नेपाल क्रन्तिकारी बिद्यार्थी क्याम्पस इकाई कमिटि कोषाध्यक्ष, नेपाल मजदुर किसान पार्टीको भातृ संगठन,२०४५ सालमा नन्दादेबि मा.बि कोेटबाडा शिक्षक, २०४५ सालमा नेपाल क्रान्तिकारी शिक्षक संगठनको जिल्ला कोषाध्यक्ष,२०४६ फागुन ७ गते विदार्थी शिक्षक र राजनीतिक नेताहरुको सहभागितामा बहुदल ल्याउनका लागि कालो झन्डा देखाउदा १८ दिन जेल,२०४७ साल देखि ०५२ सम्म पार्टीको जिल्ला सदस्य, नेपाल मजदुर किसान पार्टीको जिल्ला कोषाध्यक्ष र नेपाल मजदुर किसान पार्टीको संगठित सदस्य, २०४९ सालमा सुुर्खेत शिक्षा क्याम्पसमा स्वतन्त्र बिद्यार्थी संगठनको सदस्य,२०५२ सालमा नेपाल मजदुर किसान पार्टी र तत्कालिन नेकपा एमाले बिच एकता हुँदा एमालेमा समाहित, २०५३ देखि ०५५ सम्म नेकपा एमाले जिल्ला कमिटि सदस्य,२०५६ देखि ०५८ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको उपाध्यक्ष,२०६० सालमा नेपाल शिक्षक युनियनको जिल्ला अध्यक्ष,२०६१ देखि हालसम्म निरन्तर जिल्ला कमिटि सचिवालय सदस्य,२०६३ देखि २०७४ सम्म स्रोत व्यक्ति र क्षेत्र नं. ५ को नेकपा एमालेको एरीया इन्चार्ज,२०७४ वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा नरहरीनाथ गाउँपालिका अध्यक्ष पदमा निर्बाचित ।
स्मार्ट कर्णाली । १६ कार्तिक २०७६, शनिबार १४:१६ बजे