सुर्खेतमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

बिरेन्द्रनगर सुर्खेत मा ट्याक्टर दुर्घटना मा परि एक जनाको मृत्यु भयको छ। शुक्रबार बिहान करिब ९ बजे वीरेन्द्रनगरको रत्न राजमार्ग मा पर्ने पिपिराचोक नजिकै ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जना को घटनास्थलमै मृत्यु भएको हो। सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको भे१त ७५८९ नम्वरको ट्याक्टरलाई पछाडीबाट आइरहेको लु१ख ७६७० नम्वरको ट्रकले ठक्कर दिँदा ट्याक्टर चालक ३४ वर्षीय जाजरकोटको जुनीचाँदे गाउँपालिका–७ घर भएका प्रेम कार्कीको ट्याक्टरको ट्रलीले च्यापिएर मृत्यु भएको हो। गङ्गामाला पेट्रोल पम्प मा डिजेल हाल्न को लागी मोडियको अबस्थामा पछाडी बाट तिब्र गति मा गयको ट्रक ले ठक्कर दियको हो।बिरेन्द्रनगर मा यो घटना यो हप्ता को दोश्रो घटना हो,चार दिन अघि मात्रै बिरेन्द्रनगर को जुम्लारोड मा टिप्पर को ठक्कर बाट मोटरसाइकल चालक को ज्यान गयको थियो साथै आन्दोलन ले उग्र रुप लिय पछि बिरेन्द्रनगर मा कर्फ्यु लगाइयको थियो।