लकडाउनको अवस्था बारे जानकारी लिन मन्त्रीसडकमा

कोरोना विरुद्ध लडन कस्सिएको कर्णाली सरकार वीरेन्द्रनगरमा लकडाउनको अवस्था बारे जानकारी लिन सडकमा आएको छ । विहीबार सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायव महानिरिक्षकहरु, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालसहितको टोलीले बजारको अवस्थाका बारेमा अनुगमन गरेको हो ।
‘प्रदेश राजधानी सुर्खेतको लकडाउन कार्यक्रमको प्रभावकारीता सम्वन्धमा अनुगमन गरेका हौं ।’ मन्त्री भण्डारीले भने, ‘कोरोना (कोभिड–१९)विरूद्धको शसक्त हतियार घोषित लकडाउन भएकोले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुको विकल्प छैन ।’ जथाभावी सडकमा नआउन र आफू र आफ्नो परिवारलाई कोरोनाबाट जोगाउन कर्णाली वासीलाई उनले आग्रह गरे