लकडाउन लम्बिय बिरेन्द्रनगर नगरपालिका ले राहत बितरण गर्ने

लकडाउन अबधी १८ गते पछि लम्बियमा बिरेन्द्रनगर नगरपालिका ले नगर क्षेत्र का सम्पुर्ण वडा मा बसोबास गर्ने बिपन्न परिवार लाइ राहत स्वरुप खाद्यान्न उपलब्ध गराउने भयको छ।

वीरेन्द्रनगर नगर नगरपालिका को कार्यपालिकाको  आकस्मिक बसेको बैठकले लकडाउनको अवधि १८ गतेपछि लम्बिएमा दिनभरि मजदुर गरेर मात्र खाना जोहो  गर्ने परिवारको पहिचान गरी राहत उपलब्ध गराउने निर्णय  गरेको हो।

शुक्रबार बसेको बैठकले राहत को लागि एउटा  वडा बराबर  रु पाँच लाखको खाद्यान्न उपलब्ध गराउने भयको छ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको  सुर्खेत मा भयको लकडाउन  को प्रभावलाई मध्यनजर गरी  विपन्न परिवारलाई सहि पहिचान गरि खाद्यान्न उपलब्ध गराउने भएको हो ।
त्यस्तै बन्द नखुलेसम्मका लागि राहत उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल बताउछिन।

त्यसैगरी बन्दको कारणले साँझ विहानको न्यूनतम खाद्य सामग्री खरीद गर्न घर बाहिर जान नसक्ने अवस्था भएमा वडावासीलाई घरबाटै खाद्य सामग्री खरीद गर्न सक्ने गरी आवश्यक व्यवस्था मिलाउने तयारीमा बिरेन्द्रनगर नगरपालिका रहेको छ।गर्मीयाम बढ्दै गरेको र संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी नगरपालिका अन्तर्गतका जनसम्पर्क बढी हुने टोलहरु, कार्यालयहरु, स्वास्थ्य संस्था, अस्पताल, क्लिनिकहरूमा र मुख्य बजार चोकहरूमा नगरपालिकाको दमकल मार्फत क्लोरिन छर्कने निर्णय शुक्रबार बसेको कार्यपालिका को आकस्मिक बैठक ले  गरेको छ।