कांग्रेस सरकारमा जान लाग्यो भन्ने भ्रम नराख्नुहोला: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई पार्टी सरकारमा जान लाग्यो कि भन्ने भ्रम नराख्न आग्रह गरेको छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएका आन्तरिक विवादसँग जोडिएर आएका खबरहरूबारे टिप्पणी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस अहिलेको सरकारमा जाने भन्ने भ्रम नराख्न आग्रह गरेका हुन्।

‘कांग्रेस सरकारमा पो जान लाग्यो कि भन्ने आशंकामा नरहन देशैभरका नेता/कार्यकर्ता आग्रह गर्दछौं,’ उनले भने, ‘नेकपाका साथीहरूलाई पनि यसबारे कुनै पनि भ्रम नराख्दा हुन्छ।’ कांग्रेसलाई प्रधानमन्त्री वा आकर्षक मन्त्रालयका प्रस्ताव आए भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै शर्माले त्यो विषयलाई रमाइलोका रूपमा लिइरहेको प्रतिक्रिया दिए।

‘अहिले उहाँहरूबाट कुनै गुलियो प्रस्तावहरू पनि आउन सक्दछन्। त्यसमा हामी लहसिने भन्ने कुरामा विल्कुलै छैनौं,’ शर्माले भने।

उनले यो पाँच वर्षे अवधिभर सरकारमा नजाने पनि बताए।

हेर्नुस् भिडिओ: