काठमाडौं, भदौ ९ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४० लाख ४९ हजार सात सय सात पुगेको छ ।
गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।
अमेरिकामा मात्र एक लाख ८२ हजार चार सय चार जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।
त्यस्तै,ब्राजिलमा एक लाख १६ हजार ६ सय ६६ जनाको ज्यान गएको छ । भारतमा ५९ हजार ६ सय १२ जनाले कोरोनाका कारण गुमाईसकेका छन् ।
त्यस्तै बुधबार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म १९ हजार एक सय १९ जनाले कोरोना जितेका छन भने एक सय ६४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।मंगलबार मात्रै नेपालमा सात जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
स्मार्ट कर्णाली । १० भाद्र २०७७, बुधबार ०९:५५ बजे