नेकपा जिल्ला कमिटि सचिवालय सदस्य बिनिताको किर्ते धन्दा, कामै नगरि लाखौ रकम श्वाहा ।

१० भाद्र, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटकी जिल्ला सचिवालय सदस्य कृष्णकला शाही (बिनिता) ले कृते कागजातहरु मिलाएर कामै नगरि लाखौ रकम खाएको पाईएको छ ।

सदस्य शाहीले गाँउपालिकाको लेटरप्याड, छाप तथा प्रमुख प्रशासकिय अधिकृतको हस्ताक्षर समेत कृते गरेको महाँबै गाँउपालिका श्रोतले जनाएको छ । सदस्य शाहीले सबै कागजातहरु कृते गरेर अग्रिम बहुउद्देयीय कृषि सहकारि संस्था लि महाबै–२ नामको सहकारी संस्थावाट कालिकोट जिल्लाका बिभिन्न सरकारी कार्यालय संग कृते कागजातहरु मिलाई सम्झौता गरि रकम खाने गरेको पाईएको हो ।

शाहीले जिल्लाको कृषि बिकास कार्यालय तथा तथा भु–संरक्षण मन्त्रालय बनस्पति बिभाग कार्यालयसंग सम्झौता गर्दा गाँउपालिकाका सम्पुर्ण कागजातहरु कृते गरि लाखौ रकम ल्याएको र उक्त रकमले मान्म बजारमा दुई तले पक्कि घर किनेको तथा सुर्खेतमा घडेरीहरु किनेको स्थानियहरुले आरोप लगाएका छन् ।

उहाँका श्रीमान दुर्गा प्रसाद काफ्लेको जागिर तथा आयश्रोत नै नभएको र उहाँको पनि जागिर तथा आयश्रोतहरु केहि नभएकाले यति धेरै सम्पति कतावाट आयो भन्दै नागरिकहरु गुनासो गर्न थालेका छन् ।

महाबै गाँउपालिकाको पत्र संख्या २०७५।०७६, चलानि नम्बर २६६ तथा मिति २०७६।०३।२२ गतेको कृषि बिकास कार्यालय कालिकोटसंग सम्झौता गर्ने वारे पत्र तथा उक्त गाँउपालिकाकै पत्र संख्या २०७६।०७७, चलानि नम्बर २३० तथा मिति २०७७।०३।१० गतेको बन तथा भु–संरक्षण मन्त्रालय बनस्पति बिभाग थापाथलि काठ्माण्डौ लाई अन्तिम किस्ता भुक्तानिका लागि सिफारिस पत्र समेत कृते गरेको पाइएको छ ।

सदस्य शाही सहकारी संस्थाको अध्यक्ष भएको र अरु सदस्यहरुलाई थाहा नै नदिएर यस्ता गैरकानुनी कार्य गर्दै आएको एक जना सहकारी सदस्यले बताउनुभएको छ । महाबै गाँउपालिकाका अनुसार उक्त समयमा आफ्नो चलानी नं. आठ सय भन्दा बढी गै सकेको हुन्छ ।

आर्थिक बर्ष सकिन लाग्दा चलानी नम्बर दुइ सयमात्र हुनु सिधै कृते भएको र आफ्नो गाँउपालिकाको लेटरप्याड, छाप तथा प्रमुख प्रशासकिय अधिकृतको हस्ताक्षर समेत कृते भएको बताएको छ । यो समचार www.thetriratna.com.np बाट सभार गरिएको हो