ओलीले आफूलाई गणतन्त्रवादी होइन भनी तर्क गर्नेहरुलाई चुनौती दिदै आफू ५० वर्ष गणतन्त्रका लागि संघर्ष गरेको बताए । उनले भने, ‘गणतन्त्रका लागि संघर्षको मैदानमा ५० वर्ष अघि उत्रने मैं हुँ । १४ वर्ष जेल बसेको थिएँ । अहिले गणतन्त्रवादी होइन भन्दै हिंड्ने ?’
गुमेको भुमिलाई समेटेर नक्शा प्रकाशन गरिएको भन्दै त्यसबाट बाहिर राष्ट्रवाद देखिने र भित्र उखरमाउलो चलखेल गर्नेहरु छटपटिएको बताए । उनले देशको गुमेको भुमि समेटेर नक्शा बनाइएको समेत बताए ।
स्मार्ट कर्णाली । २४ पुष २०७७, शुक्रबार १७:११ बजे