स्वयमसेवक युवा संगठन केन्द्रीयटोलि कर्णाली प्रदेशमा

नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोली मुगु जुम्ला हुदै कालिकोट
नेपाल स्वयमसेवक संघको भातृ संगठन युवा संगठनका केन्द्रीय अध्यक्ष जन्जित पुरुष उपाध्यक्ष जिवन भुसाल सुदुरपश्चिम प्रदेश संयोजक हिक्मत शाह कर्णाली प्रदेश संयोजक मिलन शाही लगायतको टोलि मुगुका जिल्ला कार्यसमिति अध्यक्ष बालचन्द्र कार्की लगायतका साथिहरु सँग भेटघाट संग संगै कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको स्थानिय स्रोतसाधनको कसरी परिचालन गर्ने सकिन्छ भनि सम्भाब्यता पत्ता लगाउनको लागि टोलि कर्णाली प्रदेशको पर्यटकिय स्थल राराताल पुगि जुम्ला जिल्लामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रीय अध्यक्षज्युले राष्टलाइ सम्वृद्धि बनाउनका लागि युवा पुस्ताको जागरुक्ता गराउन नेपाल स्वयमसेवक युवा संगठनको भुमिका रहनुका साथै उहाँले स्थानिय स्रोतसाधनको
उचित मुल्याङ्कन गरि स्थानिय स्तरमै परिचालन गर्ने कुरा कार्यक्रममा राख्नु भयो त्यसैगरी उपाध्यक्ष जिवन भुसाल ले कार्यक्रममा उपस्थित युवाहरुलाई ब्यावसायिक, तथा समाजमा सामाजिक कार्यहरु गर्नका लागि उत्प्रेरणा दिनुका साथै संगठन प्रति पदाधिकारीहरुको काम र कर्तव्य सिकाउदै कार्यक्रममा आफ्नो अमुल्य समय दिनुभयो । सुदुरपश्चिम प्रदेश संयोजक हिक्मत शाहले नेपाल सरकारले पिछडिएका वर्ग सरकारले दिनुपर्ने जति सेवा सुविधा नदिन सकेका जनतालाई नेपाल स्वयमसेवक युवा संगठनले गरिवि हटाउने आफुले गर्न चाहेर पनि स्थान नपायर गुम्सेर बस्नुभएका समुदायलाई स्थान दिने नेपाल स्वयमसेवक युवा संगठनको पहिलो उदेस्य रहेको बताउनुभएको छ यसै क्रममा कर्णाली प्रदेश संयोजक मिलन शाहीले कर्णाली सरकारले ल्याएका राम्रो निति तथा कार्यक्रमलाई आत्मसाथ गर्दै नराम्रा कुरिती कुसंस्कार बेथिति भष्ट्रचार अन्त्य गर्न नेपाल स्वयमसेवक युवा संगठन कर्णाली प्रदेशले सहयोग गर्ने मा जोड दिनु भएको छ ।