राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने

२६ पुस, काठमाडौं । राष्ट्रिय सभाको सातौं अधिवेशन आजै अन्त्य गर्ने तयारी सरकारले गरेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले आज बसेको कार्य व्यवस्था परामर्श समितिमा राष्ट्रिय सभा बैठक आजै अन्त्य हुनेबारे संकेत गरेका हुन् ।नेपाली कांग्रेसका सांसद प्रकाश पन्थका अनुसार राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट पत्र आउने तयारी बारे बैठकमा जानकारी दिएको बताए । पन्थका अनुसार पत्र आए पुस १७ गतेदेखि सुरु भएको राष्ट्रियसभा अधिवेशन आजै अन्त्य हुने छ ।