दैलेखी खेलाडी लाई विश्वसामु चिनाउने छु युवा नेता सुनार

कर्णाली प्रदेश खेलकुद विकास समितिले समाजसेवी तिर्थ सुनार लाई दैलेखको जिल्ला खेलकुद विकास समितिमा मनोनित गरेको छ।जिल्ला खेलकुद विकास समितिको सदस्य भए पछि युवा नेता सुनारले खेलक्षेत्रलाई व्यवस्थित र मर्यादित बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।दियो खबर संग कुरा गर्दै खेलक्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनुमा आफ्नो भुमिका र कर्तव्य हुने बताउनु भएको हो । राष्ट्रका लागि खेलकुद स्वास्थ्य का लागि खेलकुद भन्ने नारा नै काफि रहेको समेत बताए ।खेलकुद क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएका सुनार केहि समय अघि खेलकुदमा आफ्नो सहभागिता जनाउदै खेलाडीहरुकालागी पोशाक लगाएत खेलकुद सामाग्री सहयोग समेत गर्दै आएका छन ।

preload imagepreload image