बानेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्दै, १४९ जनाकै तर्फबाट रिट हाल्ने तयारी

विपक्षी पाँच दलको बैठक बानेश्वरमा बस्ने भएङ्को छ।

invotech

प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बस्न लागेको हो।

शनिबार ११ बजेपछि बस्ने बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल हुने जसपा नेता मोहमत इस्तियाक राईले बताए।

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै नेता पौडेलले भने, ‘बानेश्वरमा सर्वदलीय बैठक गर्ने र हिजो देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जनाकै तर्फबाट अदालतमा रिट हाल्नेबारे छलफल गर्छौं।’

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। दोस्रोपटक प्रतिनिधिसभा विघटन गरी भण्डारीले कात्तिकमा पहिलो र मंसिरमा दोस्रो चरणको चुनाव घोषणा गरेकी थिइन्। setopati.com

ncell in