२६ कात्तिक, काठमाडौं।
विवेकशील साझा पार्टीले सर्वोच्च अदालतभित्र देखिएको समस्या समाधान गर्न ‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठन गर्न माग गरेको छ ।
सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा निष्पक्ष पूर्व न्यायाधीश एवम् वरिष्ठ अधिवक्ताहरू सदस्य रहने गरी उच्चस्तरीय आयोग गठन गर्न पार्टीले विज्ञप्ति जारी गर्दै माग गरेको हो ।
यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले स्वेच्छाले राजीनामा नदिने अडान कायमै राखे आयोगले प्रतिवेदन बुझाउने अवधिसम्म उनलाई बिदामा बस्ने विकल्प दिने र त्यसमा पनि सहमत नभए संसदमा रहेका दलहरूले उनीविरुद्ध अविलम्ब महाभियोगको प्रक्रिया अघि बढाउनु पर्ने माग गरेको छ ।
पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘राणाले स्वेच्छाले राजीनामा नदिने अडान कायमै राखे आयोगले प्रतिवेदन बुझाउने अवधिसम्म उनलाई बिदामा बस्ने विकल्प दिने र त्यसमा पनि सहमत नभए संसदमा रहेका दलहरूले उनी विरुद्ध अविलम्ब महाभियोगको प्रक्रिया अघि बढाउनुपर्छ।’
स्मार्ट कर्णाली । २६ कार्तिक २०७८, शुक्रबार १५:३७ बजे