काठमाडौं, ५ भाद्र । नेपालमा आज एकै दिन ११ जना कोरोना भाइरसका संक्रमितको मृत्यु पुष्टि भएको छ । यो कोरोना संक्रमणबाट अहिलेसम्मकै एकै दिन सर्वाधिक मृत्यु पुष्टि भएको रेकर्ड हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकहरुमा एक महिला र १० पुरुष छन् । मृतकमध्ये दोलखा घर भएकी महिला हुन् भने बाँकी पुरुष हुन् ।
डा. गौतमका अनुसार ११ जिल्लामा ११ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरु मोरङ, पर्सा, बारा सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका बासिन्दा हुन् ।आजको मृत्युसँगै कुल मृतक संख्या एक सय ३७ पुगेको छ । मृत्यु हुनेमध्ये एक सय ६ पुरुष र ३१ महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् । reportersnepal.com बाट साभार गरिएको हो । ।
स्मार्ट कर्णाली । ५ भाद्र २०७७, शुक्रबार १८:०१ बजे