
३० कात्तिक,काठमाण्डौ ।
मंगलबार बसेको प्रदेश १ सभाको बैठक बुधबार बिहान ११:३० बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रदेशसभाको बैठक सुरू हुनासाथ सभामुख प्रदीपकुमार भण्डारीले कार्यसूचीमा प्रवेशै नगरी प्रमुख प्रतिपक्षी दल अनुपस्थित भएको भन्दै भोलि बुधबार बिहान ११:३० बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए ।
मुख्यमन्त्री राजेन्द्र राईले मंगलबारको संसद्मा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र निर्णयार्थ प्रस्तुत हुने कार्यसूची थियो । यसका लागि विभिन्न स्थानबाट आएका गठबन्धन दलका सांसद्हरू अघिल्लो रातिदेखि नै होटलमा बसेर विश्वासको मत दिनेबारे छलफल गरिरहेका थिए ।
स्मार्ट कर्णाली । ३० कार्तिक २०७८, मंगलवार २०:०७ बजे