महावै गाउँपालिकामा लाखौ रकम हिनामिना,सामाजिक सुरक्षा भत्ता बितरण नभएको भन्दै कार्यालय घेराउ

 

महावै गाउँपालिकाका जनप्रतिनिधिहरुले लाखौ रकम हिनामिनागरेको पाइएको छ । स्थानिय नागरिकका अनुसार पालिकामा भएका हरेक बिकासका योजनामा भष्टचार गरेको बताउदै आएका छन् ।एक जना स्थानिय बासिले नाम नबताउने सर्तमा करिब २ दर्जन बढि ठुला योजनमा भष्ट्चार गरेको बताउनु भयो । जनप्रतिनिधिले योजनाबाट कमिशन मागेर गाउँपालिकाको बिकास सबै अलपत्रपारेको बताउनु भयो । यता नागरिकले पाउनु प्रर्ने सामाजिक सुरक्षा भत्ता नपाउदा झन आशंकका घेरामा परेका छन जनप्रतिनिधि ।

महावै गाउँपालिका कालिकोटमा सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिक,एकल ,अपाङ्गता भएका नागरिक हरुले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । गाउँपालिकाले द्रोस्रो किस्ता दिने समय आउदा पनि हाल सम्म पहिलो किस्ता सम्मेत नदिएपछि बृद्ध भत्ता, ज्येष्ठ नागरिक,एकल महिला,पूर्ण अपाङ्गता भएका,अति अशक्त अपाङ्गता भएका,पाँच वर्ष उमेर ननाघेका बालबालिकाले भत्ता नपाएको भन्दै गाउँपालिकाका कार्यालय घेराउ गरेका छन् स्थानिय नागरिकका अनुसार पालिकाका जनप्रतिनिधिले लाखौ रकम हिनामिना गरेर आफुले पाउनु प्रर्ने सेवा सुबिदा नदिएको बताएका छन् ।

यता प्रमुख प्रशासकिय अधिकृत घनश्याम सिंहले भने बैंकले समयमा खातामा ट्रान्फर नगर्दा र वडा सचिवहरुको लार्पबाहिले गर्दा ढिलाइ भएको बताउदै अबको एक हप्तामा सबैको खातामा रकम जम्मा हुने बताउनु भयो । गाउँपालिका अध्यक्ष नन्दसिंह संग सम्पर्क गर्ने खोज्दा सम्पर्क भएन ।