कालिकोट जिल्ला पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छाले शिक्षा शाखा, पशु सेवा शाखा, न्याएक समिती, छोरिखाता, स्वास्थ शाखाको अनुगमन गर्नु भयो । अनुगमनमा गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम (मेडपा) उधम बिकास अधिकृत अर्जुन प्रसाद भट्टराई , पोषण कार्यक्रम स्वमसेबक रखम बुढा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का युवा नेता तथा पलाता निर्माण दल संयोजक कल बहादुर बम (उमेश), स्मार्ट कर्णाली मिडिया प्रा.लि का अध्यक्ष लंक राज धमाला, पलाता खबर सह सम्पादक तथा रेडियो पलाता आवाजका स्टेशन मेनेजर नमराज न्यौपाने लगाएतले अनुगमन गर्नु भएको छ । अनुगमनमा हाजिरी नहुने कर्मचारीको बेतलिबिदा हाजिरिमा उल्लेख गरिएको छ । अध्यक्ष बमले पालिका प्रशासन तथा लेखा लाई सो अबधिको तलब काटी बाकी भुक्तानी र कर्मचारी लाई नियमित गर्न निर्देशन गर्नु भएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृतले अबका दिनमा कर्मचारीहरु लाई निरन्तर उपस्थितिका लागि तुरुन्त शाखा प्रमुखको मिटिङ्ग राखी निर्णय गर्ने र उपस्तिथि लाई पहिलो प्राथमिकता दिन निर्देशन गर्ने बताउनु भयो ।
स्मार्ट कर्णाली । २६ पुष २०७८, सोमबार १४:२९ बजे