कालिकोट नेपाली कांग्रेस प्रदेशसभा कार्य समिति (ख)ले भ्रष्टाचार तथा बेथिति बढेर सिमा नाघिसकेकोले नियन्त्रण तथा न्युनिकरणका लागि अभियान शुरु गर्ने निर्णय गरेको छ। पुस २५ बसेको समितिको बैठकले प्रत्येक वडा देखि पालिका सम्म अभियानको कमिटी पनि तोकेको छ।
४५वटै वडामा वडा सभापति संयोजक र पदाधिकारी सदस्य रहेको वडास्तरिय अभियान कमिटी गठन भएको छ भने ५ वटै पालिकामा नरहरिनाथमा राम बहादुर बटाला,सान्नित्रिबेणीमा बिरेन्द बहादुर केसि,रास्कोटमा वीर बहादुर फर्साल,पचालझरनामा प्रजापति संन्ज्याल र पलातामा धिर बहादुर बम संयोजक र पदाधिकारी सदस्य रहेको भ्रष्टाचार तथा बेथिति बिरुद्धको अभियान कमिटी बनेको कुरा तरुण दल संयोजक शुरेस शाहीले बताउनु भएको छ।
पहिलो चरणको कार्यक्रममा एक पालिका १०० सुचना माग गर्ने देखि हरेक वडामा भए गरेका बिकासी योजनाको कार्यबिधि सहितको निर्देशन अभियानको कमिटी लाई दिइसकेको र अभियान लाई जनमुखी बनाउन प्रदेश कमिटी अनुगमन तथा कार्यबिधिकालागि खटिइसकेको बताइएको छ। प्रदेश सभापति आनन्द बिक्रम शाहीले ४ पृष्ठ लामो अबधारणा पत्रमा हिजोका दिनमा कांग्रेस बाट निर्बाचित सदस्यहरुलाई भ्रष्टाचारको आरोप लगाएर माओबादिले आन्दोलनको नाममा हत्या,लुटपाट र अपहरण गरेको बिगतलाई स्मरण गर्दै अब सहेर कांग्रेस नबस्ने बताउनु भयो ।
स्मार्ट कर्णाली । ३ माघ २०७८, सोमबार १०:०६ बजे