कागज हैन काम गरेर देखाउन कार्यालय प्रमुखलाई मन्त्री छिरिङ डम्डुल लामाको निर्देशन ।

कर्णाली प्रदेशका पर्यटन मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) ले आज १० वटै जिल्लाका बन कार्यालय प्रमुख हरुलाई कागजमा हैन काम गरेर देखाउनु पर्ने बताउनु भएको छ । मन्त्रालय र बन बनकार्यालयका प्रम्ख बिच आज भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री छिरिङ डम्डुल लामाले यस्तो बताउनु भएको हो । बिकास हामि सबैको सझा भएकाले बिकासमा सबैले लाग्नु आजको आवश्यक्ता रहेको बताउनु भयो ।

जिल्ला बन कार्यालयका प्रमुख हरुलाई मन्त्री छिरिङ डम्डुल लामाले जिल्ला गर्ने सम्पुर्ण कामहरुको प्रगति बिबरण प्रत्यक महिना मन्त्रालयममा रिपोटिगं ग्रर्न निर्देशन सम्मेत दिनुभएको छ ।