समाजसेवा नै अर्जुन दृष्टि हो – अध्यक्ष बस्नेत

हरिचन्द्र बस्नेत कुशे गाउँपालिका जाजरकोटको अध्यक्ष पदमा रहि कार्य सम्पादन गरिरहनु भएको छ । २०३८ साल पौष ८ गते वुवा पृथ्वीबहादुर बस्नेत र आमा हिराकुमारी बस्नेतको कोखबाट साबिकको अर्छानी गाविस ४, हालको कुसे गाउँपालिका ३ जाजरकोटका अध्यक्ष बस्नेतको जन्म भएको हो । २०६६ साल मंसिर १४ गते हिमाली शाहसँग विवाह बन्धनमा बाँधीनु भएका बस्नेतका १ छोरा, १ छोरी सहित चार जनाको सुखी र सानो परिवार छ । २०४३ सालमा भगवति प्राबि अर्छानीमा पहिलो पटक अध्ययन गर्न भर्ना भएका बस्नेतले बि.ए.सम्मको उच्च शिक्षा हाँसील गर्नुभएको छ ।                                                       

विद्यार्थी राजनीतिबाट शैक्षिक सुधारका लागि विविन्न अभियानहरु सञ्चालन, जाजरकोट जिल्लामा उच्च शिक्षा स्थापनाका लागि पहल, नेपाल तरुण दलको विभिन्न पदमा रहँदा विभिन्न क्षेत्रका बाढी पहिरो पीडितलाई राहत वितरण, नेपाल तरुण दलमा रहँदा ग्रामिण क्षेत्रको स्वास्थ्य सुधारका लागि विभिन्न दातृ निकायसँग समन्वय गरी बर्थिङ्ग सेन्टर स्थापनाका लागि विशेष भुमिका, विभिन्न विकासीय काममा सहभागी भई ग्रामिण विकासमा अतुलनिय भूमिका खेलेका अध्यक्ष बस्नेतले पालिकाको समग्र विकासमा अनुभवलाई साँटासाँट गर्दै हुनुहुन्छ ।

स्थानिय निकायको निर्बाचन सँगै अध्यक्ष हुने अवसर पाएका बस्नेतले हालसम्मको कार्यकालमा गाउँपालिकाको ३६ कोठे भवन निमार्ण, गाउँपालिकाका सामुदायिक बिद्यायालयका ३ कोठे १६ ओटा भवन निमार्ण, गाउँपालिकाका सबै वडाहरुमामा सडक बाटो बिस्तार, चार वटा स्वास्थ्य इकाई स्थापना, ९ ओटा ऐन पास गरि राजपत्रमा प्रकाशित, खानेपानी निमार्णगरी ७७ प्रतिशन जनसमुदाय लाभान्बित, शिक्षक अनुदान दिई गुणस्तरीय शिक्षा लागुमा भूमिका खेल्नुभएको छ भने आगामी बाँकी कार्यकालका लागि पनि योजना निर्माण गरि कार्यान्वयनको प्रक्रियामा हुनुहुन्छ ।

धार्मीक पर्यटन विकासका लागि कुशे गाउँपालिकामा रहेको मष्टा मन्दिरलाई डिपिआर गरी ५ वर्षमा धार्मीक पर्यटकीय क्षेत्र बनाउने, कुशे गाउँपालिका वडा नं. ५ मा रंगशाला निर्माण गर्ने, कुशे गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने, कुशे गाउँपालिकालाई अर्गानिक गाउँपालिका घोषणा गर्ने, १५ शैयाको अस्पतालको डिपिआर सुरु गरी सम्पन्न गर्ने, शैक्षिक सुधारका लागि नयाँ रणनीति ल्याई कार्यान्वयन गर्ने, प्रत्येक वर्ष गाउँपालिकाबाट कोटा निर्धारण गरी १ जनालाई एमविविएस पढाउने व्यवस्था गर्ने लगायतका अध्यक्ष बस्नेतका आगामी दुरगामी योजनाहरु हुन् ।

आफ्नो कार्यकालभित्र हरेक नागरिकलाई सबै आधारभुत आवश्यकता पुरा गर्ने र अधिकार सहज रुपमा प्राप्त गरेको महशुस गराउने लक्ष्य राखेर काम गरिरहेका अध्यक्ष बस्नेतका लागि २०६४ साल मंसिर ८ गते तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरुले बिद्यालयमा अध्यापन गराईरहेको बेला कक्षा कोठामै गएर कुटपीट गरी यातना दिएको दिन नै अबिष्मरणिय क्षण बनेको छ ।
समाजसेवालाई मूलमन्त्र बनाएका अध्यक्ष बस्नेत पत्रपत्रिका पढ्न रुचाउनुहुन्छ भने रक्तदान गरि पुण्य कमाउने अबसर पाउनु भएको छैन, र विदेशको हकमा भारतको भ्रमण गर्नुभएको छ ।

राजनीतिक यात्रा 
२०५७ सालमा त्रिभुवन उच्च माध्यामिक विद्यालयमा अध्ययनरत हुँदा नेविसंघ सदस्य,
२०६४ सालदेखि २०६६ सालसम्म नेपाल तरुण दल क्षेत्र नं. २ को क्षेत्रिय सभापति,
२०६६ देखि २०७२ सम्म तरुण दलको कार्यवाहक जिल्ला अध्यक्ष,
२०७० सालमा पार्टीको १२ औं र १३ औ महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य,
२०७३ सालमा नेपाल तरुण दल जिल्ला अध्यक्ष,
२०७४ वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कुशे गाउँपालिकाको अध्यक्षमा निर्वाचित ।

सफलताको बाटो