सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयाोजनामा ठाटीकाँध गाउँपालिकामा ७ वटा समूहका जम्मा १९ जना कृषकहरुका लागि एकिकृत शत्रु जिब व्यवस्थापन तालिम शुरु भएको छ ।
AEIN को आर्थिक सहयोगमा ठाटीकाँधमा गाउँपालिका दैलेखमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल द्धारा सञ्चालित गुणस्तरीय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग (सहकार्य) परियोजना अन्र्तरगत आयोजित तालिम २ दिन सम्म सञ्चालन हुने र तालिम को सहजिकरण परियोजनाका कृषि प्राविधिक दुर्ज बहादुर शाही ले गर्नुभएको परियोजना संयोजक जीबराज रेग्मीले जानकारी दिनुभएको छ ।
जैविक विषादी बनाउने र प्रयोग गर्ने विधिको सैद्धान्तीक तथा प्रयोगात्मक विधिबाट सहजिकरण गरिनुका साथै जैविक विषादी बनाउनका लागि आवश्यक सामाग्रीका रुपमा ड्रम, हजारी, इ एम झोल तथा ट्राइकोडर्मा समेत वितरण गरिने सहकार्य परियोजना संयोजक रेग्मीले बताए । यस अघि पनि २ दिने तालिम सम्पन्न भइसकेको छ ।
स्मार्ट कर्णाली । २६ फाल्गुन २०७८, बिहीबार १४:३८ बजे