सुर्खेत/कालिकोट जिल्लाको रास्कोट नगरपालिका प्रमुख र उप-प्रमुखले आज पद भार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै नगर प्रमुख शाहीले ५ ओटा महत्व पुर्ण निर्णय समेत गर्नु भएको छ ।नगर प्रमुख शाहीले जनयुद्ध कालिन घाइते अपाङ्ग हरुको परिचय पत्रको आधरमा स्वास्थ्य उपचारको ब्यबस्था मिलाउने,सहिद,बेपत्ता,दन्डपिडित घाइते अपाङ्ग तथा सिमान्तकृत परिवारका जेहेन्दार बालबालिकालाई उच्च शिक्षा अध्ययनको लागि एउटा छात्रा र छात्र कोठा निर्धारण गरि छात्रबृति प्रदान गरिने बताउनु भयो । आर.सि.पि.बजारमा रहेको अव्यवस्थित खानेपानी तथा सरसफाइ लाई ब्यबस्थित गर्ने निर्णय समेत भएको बताउनु भयो । नगर सरकारको पहिलो निर्णय अनुसार रास्कोट अस्पताल लाई एम्बुलेन्स हस्तान्तरण गर्ने,निशुल्क बाली तथा पशुपन्छी कार्यक्रम लागू गर्ने लगाएतका निर्णय गरिएका छन् । समृद्ध नगरपालिका बनाउने उदेश्य समेत रहेको बताए। प्रमुख धर्मराज शाही (पोषण )र उप-प्रमुख मनिराज बरालले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन् ।
स्मार्ट कर्णाली । ११ जेष्ठ २०७९, बुधबार १०:३१ बजे