सुर्खेत स् कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले खेलकुदको विकासका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले वीरेन्द्रनगरमा आयोजित खेलकुद पत्रकार अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री विष्टले पूर्वाधार विकासले मात्रै खेल क्षेत्र अघि नबढ्ने भन्दै खेलाडीहरू उत्पादनमा पनि जोडदिनु पर्ने बताए ।
प्रदेश सरकार नयाँ बजेट निर्माणको क्रममा रहेकोले खेलकुदको क्षेत्रलाई प्राथमिकताका साथ बजेटमा समेटिने उनको भनाई छ । संचारकर्मि संगको अन्तरक्रियामा मन्त्री विष्टले खेल क्षेत्रको विकासमा संचारक्षेत्रको पनि भुमिका महत्वपुर्ण रहेको बताएका छन ।यस्तै, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्जयालले खेलकुदको क्षेत्रमा समेत कलम चलाउन सञ्चारकर्मि संग आग्रह गरेका छन।
ओलम्पियन दिपक विष्टले खेलाडीका लागि मिडियामा नाम आउनु ठुलो कुरा भएको बताए । खेलाडिहरुका लागि पत्रिका र पत्रिकामा आउनेमा समाचारले खेलाडिहरुको निकै ठुलो रोल तथा महत्वपुर्ण भुमिका रहेको जानकारी दिए । उनि भन्छन् मिडिया विना खेलाडी अधुरो छ ।ओलम्पियन दिपक विष्टले खेलाडीका लागि मिडियामा नाम आउनु ठुलो कुरा भएको बताए । खेलाडिहरुका लागि पत्रिका र पत्रिकामा आउनेमा समाचारले खेलाडिहरुको निकै ठुलो रोल तथा महत्वपुर्ण भुमिका रहेको जानकारी दिए । उनि भन्छन् मिडिया विना खेलाडी अधुरो छ ।
यस्तै अल्टा मेयाथुनमा गिनिजबुकमा नाम लेखाउन सफल हरि बहादुर रोकायले खेल जगतका लागि पत्रकारहरुले खेलका कुराहरुलाई राम्रो रिर्पोट बनाएर बाहिर ल्याई दियो भने खेलाडिहरु अगाडि बढ्दै जाने बताएका छन । खेलाडिहरुका लागि पत्रकारहरुको ठुलो भुमिका रहने जानकारी दिए ।यस्तै कार्यक्रमका प्रशिक्षक प्रकाश तिमेलशेना,कर्णाली प्रदेश खेलकुद विकासका अपाअध्यक्ष प्रमोद हमाल, खेलकुद पत्रकारमञ्च सुर्खेतका अध्यक्ष भानु अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।
स्मार्ट कर्णाली । २ चैत्र २०७८, बुधबार १९:१० बजे