अपाङ्गता मैत्री निर्बाचन प्रणलि हुनुपर्ने माग

अपाङ्गता मैत्री निर्बाचन प्रणलि र राजनैतिक सहभागीता सम्भन्धी प्रदेश स्तरीय अन्तर क्रिया कार्यक्रम सुर्खेतमा सम्पन भएको छ ।

कार्यक्रममा अपाङ्गता भएका मानिस हरुलाइ पहुँच युक्त ढाँचामा निर्वाचनसम्भधी जान्कारी र मतदाता शिक्षा अपाङ्ग भएका मानिस हरुको अवस्था हेरेर सो अनुसारको ब्यब्स्था गर्नुपर्ने मतदान गर्न ठाउँ र अपाङ्ग मैत्रीपूर्ण निर्वाचन हुनुपर्ने माग राखेका थिय।

कर्णाली प्रदेश सुर्खेत मा आयोजना भएको उक्त कार्यक्रममा प्रमुख अथिती सामाजिक बिकास मन्त्री यज्ञ बहादुर बुढा रहनु भएको थियो । मन्त्री बुढाले अपाङ्गता मैत्रीपुर्ण निर्बाचन हुनु पर्ने र निर्वाचन आयोग को ध्यानाकर्षण गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा विभिन्न जिल्ला हरु देखी प्रतिनिधित्व गर्दैआएका अपाङ्गता भएका तथा दृस्ठिबिहिन लगाएत विभिन्न ब्यक्ति हरुको उपस्तिथि रहेकोे थियो ।