गरिब घरपरिवारमा जन्मिएकी हुन् यसुदा बराल । कसैको गुलामि बन्न नचाहाने सोझी यसुदा प्रष्ट बक्ताका रुपमा चिनिन्छन् । गुट उपगुटको बिरोधी धारमा क्रियाशिल उनि तत्कालीन नेकपा एमाले कालीकोट (ख) बाट प्रदेश सभामा सिफारीस भइन् । बिडम्बना न प्रदेश सभा, न प्रदेश कमिटि न जिल्ला कमिटिमै अटाइन् नेकपाको । नेपाल कमर्स क्याम्पस मिनभवन काठमाण्डौमा ब्यबस्थापन संकायमा स्नातक तह उत्तिर्ण गरेकी बराल पार्टी प्रति दत्त चित्त भएर लाग्ने इमान्दार कार्यकर्ताको रुपमा चिनिन्छन् ।
कालीकोट जिल्लाको फुकोटमा जन्मिएकि कुसल, इमान्दार, साहसी महिलाको सूचिमा छन् बराल । सानै उमेर देखि दायाँ खुट्टामा समस्या भएपनि पार्टीका बिभिन्न कार्यक्रम तथा सामाजिक सेवामा तल्लिन बरालले २०६९ सालमा अन्तरिम संबिधानको धारा १८ को (क) र (ख) अन्तरगत मौलिक हक सम्बन्धि सामाजिक सुरक्षा र युवा रोजगार कार्यान्वयनका लागि नेपाल सरकार बिरुद्ध अदालतमा परमादेश गरि २०७१ चैत्र १ गते सर्बोच्च अदालतबाट बरालको पक्षमा फैसला भई नेपाल सरकारलाई कार्यान्वयन गराउन आदेश दिए पछि उनि थप चर्चामा पुगेकि हुन् ।
सधै जनता र समाज सेवामा क्रियाशिल बराल अहिले भने नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटि सदस्यमा समेत अटाइनन् ।
कक्षा ८ मा अध्ययनरत हुँदै २०६२ सालमा जनजागृति माबिको अनेरास्ववियु प्राक अध्यक्ष भएर बिद्यार्थीबाट राजनीतिक यात्राको सुरुवात गरेकि बराल जिल्ला कमिटिमा पनि नपर्दा पार्टी पंक्तिबाटै बिरोध भएको छ भने बिगतको जिल्ला कमिटिमा बहुमतले जितेका सदस्यहरु पनि गुटका कारण कमिटिबाट बाहिरीए पछि नेकपा कालीकोटमा भाँडभैलो नै भएको छ ।
जिल्ला भरिका संगठित सदस्यहरुले भोट दिएर जिताएकाहरुलाई पनि गुटका आधारमा कमिटि बिहिन बनाइयो, आसेपासेलाई कमिटिमा ल्याइयो एक नेताले भने योगदानको अबमूल्यन सर्बत्र भएको छ । यो पार्टी हितमा पटक्कै होइन, यसको दृघकालिन असर सबैले भोग्नै पर्छ
को हुन् यसुदा
२०६५ सालमा अखिल नेपाल महिला संघको इकाई सचिव, २०६६ सालमा अखिल नेपाल महिला संघको जिल्ला सदस्य, २०७० सालमा युवा संघ अन्तरजिल्ला केन्द्रीय कमिटि सदस्य, अखिल नेपाल महिला संघ युवा संघ केन्द्रीय सदस्य, अखिल नेपाल महिला संघ प्रदेश समिति सदस्य, कालीकोट क्षेत्र ख बाट समानुपातिक बाट प्रदेश सभामा सिफारिस भएपनि जिल्ला कमिटिमा नपरेपछि सर्बत्र बिरोध भएको छ ।
स्मार्ट कर्णाली । २७ जेष्ठ २०७६, सोमबार १३:४८ बजे