ठाटिकाँध गाउँपालिका वडा नं ६ मा मजदुर किसान पाटि बाट अध्यक्षमा थापा कोहुनत थापा

नेपाल मजदुरकिसान पाटी ठाटिकाँध गाउँपालिका वडानम्बर ६ मा नेपाल मज्दुर किसान पाटीबाट कर्ण थापा ले वडा अध्यक्ष मा उम्मेद्बारी दिएकाछ्न ।

को हुन त कर्ण थापा पृष्ठभुमि

शिष्ट,सरल,सहृदयी र सहयोगी स्वभावका धनी कर्ण बहादुर थापाको जन्म बि.स.२०४६ सालमा तत्कालिन दैलेख जिल्लाको तोलिजैसी गाविस वडा नम्बर ८ थापाटोलमा भएको हो।
सानै उमेरदेखी तिक्ष्ण बुद्धिभएका थापाको सामान्य राजनितिक चेतना श्री मालिका मावी पाचला बाट शुरु भएको हो। वि.स. २०६२ को संकटकालिन अवस्थामा नेपाल मजदुर किसान पार्टी को जनवर्गीय संगठनमा नेपाल क्रान्तिकारी विद्यार्थी संघको श्री कृष्ण मावी लकान्द्रको मावी एकाई कमिटी अध्यक्ष भएसङ्गै उनि औपचारिक रुपमा विद्यार्थी राजनितीमा होमिएका थिए।वि.स. २०६४ मा SLC उतिर्ण भएसङ्गै माथिल्लो शिक्षाको लागि ऋण काढेर राजधानी हानिएका थापा २०६५मा भक्तपुर बहुमुखी क्याम्पसमा विज्ञान संकाय अन्तर्गत आई.एस.सी. प्रथम वर्षको लागि भर्ना भए क्याम्पस एकाई समितिमा . विभिन्न पदमा सक्रिय रुपमा काम गरे। वि.स. २०६६मा नेक्राविसंघ काठमाण्डौ दैलेख सम्पर्क समितिको अध्यक्ष भई काम गरे।
आई.एस.सी.उतिर्ण भएपश्चात आर्थिक अभावको कारण केही वर्ष शिक्षण पेशामा आवद्ध भइ कमाउदै पढ्दै उनले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट अर्थशास्त्रमा स्नातक उतिर्ण गरेका छ्न।

साथै राजनीतिमा नेपाल मजदुर किसान पार्टी तथा यसका विभिन्न जनवर्गिय संगठनमा रहि निरन्तर सक्रिय रुपमा जनताको पक्षमा आवाज बुलन्द गर्दै आईरहेका छ्न।
क्रान्ति र आमुल परिवर्तनमा विस्वास गर्ने क्रान्तिकारी शक्तिहरुले आफ्नो सिर्जनशिलतामा नयाँ नेतृत्व निर्वाचित गरि क्रान्तिलाई फेरी नयाँ उचाइमा उठाउने ऐतिहासिक कार्यभार थापालाई सुम्पिन पनि वडा बासी आमनागरिकले अपिल गरेका छ्न।

शहिदहरुको बलिदान र वर्गसंघर्षको भट्टीबाट क्रान्तिको झण्डालाई फहराउँदै नयाँ इतिहास रच्ने, सहिदका सपना पुरा गर्ने र शोषित वर्गलाई शासन व्यवस्थाको संचालक बनाउने प्रतिबद्धता हाम्रो पार्टिको आधारभुत सिद्धान्त रहेको थापाको भनाइ छ ।

यस वडामा पटक पटक विजयी भएका राजनीतिक दलहरूले जडसुत्रवाद र काल्पनिक कार्यदिशा बोकेर क्षेत्रघात, वर्गघात र जनघात गरेको कुरा सर्वबिदितै रहेको थापाको भनाइ छ ।
दलित,महिला, अल्पसंख्यक, असहाय, उत्पीडित वर्ग,पिछडा वर्ग, किसान,मजदुर लगायत सबै शोषित वर्गको उत्थान, सशक्तीकरण र विकासका लागि सक्षम, योग्य,इमानदार तथा निश्कलङ्कित युवा नेता कर्ण बहादुर थापालाई चुनाव चिन्ह मादलमा भोट दिई अत्याधिक बहुमतले विजयी गराउन वडा नम्बर ६ निवासी सम्पुर्ण मतदाताहरुलाई थापाले हार्दिक अपिल गरेका छ्न ।
गरीबी र अभावको भट्टिबाट जन्मिएको नाम हो कर्ण रोग र भोकसङ्ग उसको पुरानो चिनजान छ।
उसले “का खा” पढ्नुभन्दा पहिल्यै “बा” गुमाएको छ।
उसले आमाको वात्सल्यमा बिताउनुपर्ने समय जिम्मेवारिको चिसो छिंडिमा बिताएको छ। पढाईमा बिताउनुपर्ने लामो समय प्रवासमा मजदुरी गरेर बिताएको छ। विभिन्न समस्य मा मुसकुराउदैं गरेका थापा जन्ताका लोक प्रिय् पात्र मानिन्छन् ।