पलाता गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय (इन्द्र) विजयी

सुर्खेत । कालिकोटको पलाता गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २ हजार २९२ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षमै नेपाली काँग्रेसका केशरसिंह बमले एक हजार ४१३ मत पाए ।
यस्तै उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रले नै जितेको छ । माओवादीकी अलैपुरा जैशीले एक हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा एमालेकी जलशा कुमारी बुढाले एक हजार ५९४ मत पाइन् ।
०७४ सालको निर्वाचनमा पनि पलातामा माओवादीकै वर्चश्व थियो ।