सुर्खेत मा अर्को दुर्घटना फेरि एक को मृत्यु

बिरेन्द्रनगर नगरपालिकाको वडा नं  १४ र बराहताल गाउँपालिका र को सिमाना फेदखोलामा मंगलवार जीप दुर्घटना हुँदा एक जना को मृत्यु भएको र १३ जना  घाइते भयको  जिल्ला   ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णली प्रदेश ००२–००१ ज ००१५ नम्बरको बोलेरो  जिप दुर्घटनामा परी बराहताल गाउँपालिका वडा नं ७ का ७४ वर्षीय दशरथ शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले बताए ।

घाइते हुनेहरूमा    एलिसा सुनार, करिस्मा सुनार, तेजेन्द्र रोकाया, तुलबहादुर सुनार, कल्पना ठाकुर,मोहनसिंह पुलामी, सिर्जना थापा, सुन्नु सुनार, पूर्णिमा सुनार, रेविका सुनार, गौरी शाही, टोपेन्द्र मगर,  रअमृता सुनार रहेका छन् ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख सिजापतिका अनुसार  घाइतेहरु को अहिले माया नर्सिङ होम र देउती नर्सिङ होममा उपचार भइरहेको छ।