दैलेख जिल्ला को ठाटिकाध गाउँपालिकामा ५ दिने किशोरी तथा युवा क्लबका पदाधिकारी हरुलाइ जीवन उपयोगी सीप तथा वितिय शिक्षा सम्बन्धि तालिम संचालन गरिएको छ ।
उक्त कार्यक्रम लाई संम्वोधन गर्दै ठाटिकाँध गाउँ पालिकाका अध्यक्ष रक्ष्य बहादुर शाहाले बिगत भन्दा अहिले हरेक जनमानसमा परिवर्तन भएको र आफुसंगै समाज परिवर्तन गर्न पछिल्लो पिडि मिहेनत कासाथ लाग्न आग्रह गर्नु भयो ।
साथै उक्त तालीम देखि दीगो जीवन उपयोगी गर्न सजिलो र समाज परिवर्तन गर्न सजिलो हुने
ठाटिकाँध गाउँपालिका बहुक्षेत्रिय पाेषण योजना कार्यक्रम सहजकर्ता हस्त थापाले बताउनु भयो ।
उक्त कार्यक्रम मा प्रमुख प्रशिक्षण को रुपमा कृपाराम थापा रहनु भएकोछ भने कार्यक्रम मा पालिकाका नवनिर्बाचित उपाध्यक्ष देविराम बडुवाल कार्यकारी अधिकृत कमल प्रसाद उपाध्या लगायत अन्य अतिथि लगायत तालीम मा ३० जना सहभागी रहेका थिय ।
स्मार्ट कर्णाली । ३ असार २०७९, शुक्रबार २१:५० बजे